वीरगञ्ज । पर्साको वीरगञ्जमा शनिबार कउन्सुलर गुनासोका लागि खुला घर (शिविर)को आयोजना गरिएको छ ।
आजादीको अमृत महोत्सव अन्तर्गत वीरगञ्ज स्थित भारतको महावाणिज्य दूतावासद्वारा चौंथो कउन्सुलर गुनासोका लागि खुला घरको आयोजना गरिएको छ । नेपालमा बसोवास गर्ने पीडित भारतीय नागरिकहरूको गुनासो गैर–नियमित कन्सुलर गुनासोहरूको समस्या समाधान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । घर (शिविर)मा नेपालको पर्सा र बारा जिल्लामा कार्यरत उल्लेख्य भारतीय नागरिकहरू सहभागी भइ आफ्ना गुनासो पोखेका थिए । शिविरमा डाबर नेपाल, शिव शक्ति समूह, शालिमार पेन्ट्स, शालिमार सिमेन्टका कर्मचारी, नेशनल मेडिकल कलेजका विद्यार्थीहरूले समेत आ–आफ्नो गुनासो पोखेका थिए । उनीहरूलाई आफ्ना गुनासा सम्बोधन गर्न सकिने प्रवासी रिश्ता पोर्टलको बारेमा पनि जानकारी गराइएको थियो ।
सम्पूर्ण भारतीय विद्यार्थीहरूलाई तिनीहरूको पूर्ण विवरणहरू दिएर छुट्टै अनलाइन दर्ता गराउन सल्लाह समेत कार्यक्रममा दिइएको थियो । नाम दर्ता भएपछि सीजीआई वीरगञ्जद्वारा उनीहरूलाई आवश्यक पर्दा , आपतकालीन र संकटको अवस्थामा सम्पर्क गर्न सजिलो हुने बताइएको छ । प्रवासी रिश्ता पोर्टलमा दर्ताको प्रक्रिया प्रदर्शन गर्दा, सहभागीहरूलाई देशको रूपमा ’नेपाल’ र मिसनको रूपमा ’भारतीय महावाणिज्य दूतावास, वीरगन्ज’ चयन गर्न सल्लाह दिइएको थियो ।

