२०७८ चैत्र १३, आईतवार १७:२५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् । यादवलाई काँग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादव लगायत सहभागी थिए ।

विजयकुमार यादवले अब जिल्ला गएर लोसपाका कम्तिमा ७ सय कार्यकर्ता काँग्रेसमा भित्र्याउने बताएका थिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News