२०७८ चैत्र १४, सोमबार ०७:१८

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय सन्तोष कुमार मण्डलको पान पसलमा शनिबार राति आगजनी गरिएको विषयलाई लिएर प्रहरी र स्थानीयवासी बीच झडप भएको छ । प्रहरीले रातिको समयमा गस्ती नर्दा अज्ञात समूहले पसलमा आगजनी गरेको भन्दै स्थानीयहरुले आईतबार जनकपुर कमला सडक अवरुद्ध गरेपछि सडक सुचारु गर्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको हो ।

प्रदर्शनकारीहरु प्रहरीलाई टारगेट बनाएपछि स्थिति नियन्त्रणमा लिन आठ सेल अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । आगलागीले किरानाको समान तथा कपडा समेत जलेर ६ लाख ५० हजार बढीको क्षति भएको छ । तीनकौरिया प्रहरी चोकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ ।

यता, विदेह नगरपालिकाको मेयर बेचन दासको पहलमा दिउँसो २ बजे पश्चात त्यहाँको अवस्था सामान्य बनेको छ । मेयर दासले तिनकौरिया बजार क्षेत्रमा सिसिटिभि लगाउने पहल गर्ने तथा प्रहरीले प्रहरीले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि अहिले अवस्था समान्य बनेको उनले बताए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News