अपडेट 
२०७८ चैत्र १४, सोमबार ०७:२४

पूर्वाग्रही भएर सरुवा बदर भइसकेको कार्यालयमा रमाना दिएर पठाउन खोज्दा पीडित कर्मचारी र प्रमुखबीच सूरु भएको विवादका कारण सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तनाव उत्पन्न भएको छ ।

विवाद उत्कर्षमा पुगेपछि जिन्सी शाखा (स्टोर)बाट विगत १५ दिन देखि अस्पताल प्रशासनले अति आवश्यक सामग्री प्रयोग गर्न पाएका छैनन् । अस्पतालबाट उपलब्ध हुने निःशुल्क औषधि र जाँच सहितका सामान्य सुविधा समेत प्रभावित भइरहदा पनि निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दीलिप साहको हठका कारण विरामीले सास्ती भोग्नु परिरहेको पीडित कर्मचारी कामेश्वर रोहितको भनाई छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामको २०७७ भदौ ३० गतेको निर्णय अनुसार रोहिताको भू– तथा जलाधार कार्यालय सिरहामा सरुवा भएको थियो । त्यसको २५ दिन नबित्दै २०७७ असोज २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयको अर्काे निर्णयले उक्त सरुवा बदर भइ रोहितालाई गजेन्द्र नारायण सिंह अस्पताल मै काम गर्न जिम्मेवारी तोकिएको थियो । त्यतिबेला प्रदेश मातहतमा रहेको उक्त अस्पताल संघीय सरकारको मातहतमा गएपछि २०७७ मंसिर १९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि प्रदेशबाट संघमा समायोजन भइ व्यवस्थापन गर्न बाँकी रहेका आपूmलाई अर्काे व्यवस्था नभएसम्मका लागि सोही अस्पतालमा कामकाज गर्न खटाएको रोहिताको भनाइ छ । तर नयाँ आएका निमित्त मेसु डा. साहले पदभार ग्रहण गरेको भोलि पल्टै पूर्वाग्राही ढंगले एक्कासी रमाना पत्र दिइ आपूmलाई अलपत्र पार्न खोजेको छ, रोहिताले भने । उनी भन्छन– सरुवा बदर भइसकेकाले रमाना लिइ कहाँ जाने ? उनले रमाना दिने नै हो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा दिन माग समेत गरेका छन् ।

निमित्त प्रमुख मेसु डा. साहले भने रोहिताको सिरहा स्थित भू–तथा जलाधार कार्यालयमा सरुवा भए पनि रमाना नबुझी अनावश्यक विवाद सृजना गरेको दाबी गरे । विवादका कारण स्टोर शाखाबाट सामान झिक्न नपाउँदा अहिले अत्यावश्यक वस्तु बाहिरबाट खरिद गर्नु परेको गुनासो उनले पोखे । “जिन्सी शाखाका प्रमुख रोहिताको सरुवा भएकाले उनलाई बरबुझारथ गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेको छ, उनले भने “हामीले रमाना बुझाउन निर्देशन दिऔं, तर रमाना नबुझेर उनी अदालतमा मुद्दा पो हालेका छन ।” अदालतको अल्पकालीन आदेशानुसार चैत २१ गते पेशी रहेकाले स्टोर शाखाबाट अत्यावश्यक सरसमान निकाल्न नसकिएको मेसु डा.साहको कथन छ । जिन्सी शाखाका प्रमुख रोहिताले भने मेसु डा. साहले आफूलाई फँसाउन खोजेको आरोप लगाउँछन् । उनले अदालतको आदेश बमोजिम आपूmले पाउन बाँकी रहेको तलब भत्ता माग्न जाँदा समेत मेसु डा.साह तयार नभएको र अभद्र शैलीमा अदालतमा अवहेल्ना मुद्दा लिएर जानुस भन्दै हप्काउने गरेको भन्दै न्याय खोज्ने क्रममा आफू कर्मचारी संघ संगठन,ट्रेड युनियन देखि अदालत सम्म पुग्न बाध्य भएको सुनाए । मनपरी विरुद्ध न्यायका लागि आफू सर्वाेच्च अदालत पुगेको उनले बताए । अदालतबाट आफ्नो पक्षमा अहिले कुनै पनि बरबुझारथ र सरुवा कार्यान्वयन नगर्न अल्पकालीन आदेश आएको छ, उनले भने–यसको टुंगो नलागेसम्म आफनो जिम्मामा रहेको स्टोरको समान दुरुपयोग र तलमाथि हुन सक्ने भयले साँचो आफै संग राख्न बाध्य भएको छु ।” उनले मानवीय आधारमा आफू उक्त समानहरु विधि सम्मत ढंगले बुझाउन तयार रहे पनि मेसु डा.साहको हठका कारण सम्भव हुन नसकेको बाध्यता रहेको बताए । अस्पतालको जिन्सी खाताको सम्पूर्ण कारोबार पान सफ्टवेयरमा कम्प्युटर प्रणाली मार्फत संचालन हुने गरेर र आफूले स्टोरबाट समान दिँदा त्यसको लगत सोही प्रणाली मार्फत राख्नका लागि युजर आईडी र पासवर्ड आवश्यक पर्ने भएकाले पटक पटक सो माग्दा पनि मेसु डा.साहले नदिएको उनको गुनासो छ । पटक पटकको मौखिक आग्रहलाई वेवास्ता गरिएपछि पाँच दिन अघि पत्राचार नै गरी युजर आईडी र पासवर्ड माग गर्दा पनि कुनै सुनवाई नभएको बताउँदै उनले भने“युजर आईडी र पासवर्ड उपलब्ध गराई दिए स्टोरबाट चाहिने सामग्री तत्कालै उपलब्ध गराउने छु ।” यसरी अस्पताल प्रमुख र कर्मचारीको विवादले अस्पतालमा तनाव उत्पन्न हुनुका साथै सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

यसबारे प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसंग जिज्ञासा राख्दा उनले अस्पतालमा देखिएको विवाद समाधानका लागि आफूले पहल थालिसकेको र छिट्टै समाधान निस्किने विश्वास व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News