२०७८ चैत्र १४, सोमबार ०७:३९

जनपकुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका–१५ वडा समितिले नेपाल तरुण दलको वडा कार्य समिति गठन गरेको छ ।

समितिको सभापतिमा श्रवण कुमार मण्डलको चयन गरिएको छ । समितिको उपसभापतिमा आदित्य साह , महासचिवमा शम्भु साह , सचिवमा अजय कुमार मंडल र कोषाध्यक्षमा दुलारचन खंगको चयन गरिएको छ । त्यसै गरी सिकिल मुखिया , मनोज साह तेली , संजीव साह , मनोहर दास , राजेश ठाकुर , कपिल महतो , प्रकाश चौधरी , बालबोध झा , गंगा प्रसाद मुखिया , जितेन्द्र हाथी , शम्भु ठाकुर सिताराम दास , प्रमेश्वर भण्डारी , उमेश चौधरी सहितलाई चयन गरिएको छ । नेपाली कांग्रेसका वडा सभापति नन्दलाल साहको सक्रियतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उप सभापति गणेश झा जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवम् नगर प्रमुखका प्रत्याशी मनोज साह , वडाध्यक्ष अशोक कुमार चौधरी सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News