२०७८ चैत्र १४, सोमबार ०८:०३

राजविराज । राजगढदेखि विष्णुपुर गाउंपालिका हुँदै सदरमुकाम राजविराजसम्म पुग्ने एकमात्र सडक अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेकोले सोको मर्मत सम्भारको माग गर्दै स्थानीयवासीहरुले प्रदर्शन गरेका छन् ।

सदरमुकाम राजविराजमा भेला भएका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेलाई ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीयवासी शम्भुप्रसाद यादवले पहिलेदेखि नै जीर्ण रहेको उक्त नहर खण्डको बाटो नहर सफाइका क्रममा निकालिएको फोहरहरु ठाउँ ठाउँमा थुपारिँदा आवागमनमा झन समस्या थपिएको छ । दुई वर्षदेखि बिग्रेको उक्त बाटो बनाउन कुनै निकायले चासो नदिँदा सुख्खायाममा धुलाम्मे र वर्षायाममा हुने हिलोको कारण निक्कै सास्ती भोग्नु परिरहेको उनको भनाइ छ । विष्णुपुर गाउंपालिका–५ का अध्यक्ष जीवछ मण्डलले उक्त सडकखण्डमा पाइला पिच्छे परेका खाल्डा खुल्डीले साना ठूला सबै सवारीसाधन आवतजावतमा सकस हुने गरेको गुनासो पोखे । ज्ञापनपत्र बुझाउँदै उनले अविलम्ब सडक मर्मतको लागि पहल गर्न माग समेत गरे ।

अर्का वडा अध्यक्ष दिनेशकुमार यादवले सदरमुकाम पुग्ने एकमात्र सडक जीर्ण बन्दा स्थानीयले निक्कै सास्ती खेप्नु परेको गुनासो गरे । सडक जीर्ण भएका कारण बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको अर्का वडा अध्यक्ष बहादुर सदाको भनाइ छ । जीर्ण सडककै कारण विद्यालय पुग्न पनि सो क्षेत्र र आसपासका विद्यार्थीहरुलाई समस्या हुने गरेको अभिभावक उमेश यादवको गुनासो छ । स्थानीयले आवागमन सहज गर्न तत्काल कम्तिमा खाल्डाखुल्डी ग्राभेलसम्म गरिदिन माग गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले ज्ञापनपत्र बुझ्दै उक्त सडकखण्ड मर्मतका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिए ।

Comment


Related News

Latest News

Trending News