मलंगवा । गोपाल सेवा समिति जनकपुरधामलाई मध्यरातिमा सीमित व्यक्तिले अवैधानिक रुपमा कमिटी घोषणा गरी कब्जा गरेको आरोप लागेको छ ।
नेतृत्व चयनका लागि राति संभव नभएको भन्दै पूर्व अध्यक्ष, संस्थापक, केन्द्रीय समितिका पदाधिकारी, आजीवन सदस्यहरु बन्द सत्रबाट निस्किएको ३ घण्टापछि राति २ बजे गोप्यरुपमा १९ जनाले आफूमा पद बाँडफाँड गरी केन्द्रीय समिति सर्वसम्मतबाट चयन भएको घोषणा गरिएको छ । समितिको नवौं महाधिवेशनको बन्द सत्रले विधानलाई संशोधन गरी ७ जना उपाध्यक्ष २ जना सहकोषाध्यक्ष समेत २९ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान गरिएको विधान संशोधन समितिका संयोजक रामनारायण यादव ‘शीतल’ले जनाए । महाधिवेशन उद्घाटन अगावै पुरानो विधान १४ को उपधारा २ अनुसार नै कमिटी गठन गरी मध्यराति सार्वजनिक गरेको आरोप बारा जिल्लाका अध्यक्ष जंगबहादुर यादवले लगाएका छन् ।‘महाधिवेशनमा उपस्थित नै नरहेका व्यक्तिहरुको नाम समेत केन्द्रीय समितिमा देखिएको छ’उनले भने, यादव समुदायको विकास र उत्थानका लागि गठन गरिएको संस्थालाई केही मानिसहरुले कब्जा गरेका छन् । देशभरिका यादव समुदायलाई एक्यवद्ध गरेर जातीय उत्थानमा लाग्न असफल भएका, ३ वर्षको कार्यकाललाई ७ वर्ष सम्म लम्बयाएका र चरम आर्थिक अनियमितता भएको आरोप समितिका पूर्व पदाधिकारीहरुले लगाएका छन् । कार्य समिति २१ सदस्य भएको उल्लेख रहे पनि सह– कोषाध्यक्ष र एकजना केन्द्रीय सदस्यको पद रिक्त रहेको छ । तर संशोधित विधान अनुसार केन्द्रीय समिति २९ सदस्यीय हुनुपर्ने उनीहरुको कथन छ ।
बन्द सत्रमा पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका संस्थापक कारी यादव, प्रदेश सभासदस्य समेत रहेकी आजीवन सदस्य डा.रीना यादव, डा.अशोक यादव लगायतलाई अभद्र व्यवहार गरिएको पीडितहरुले जनाएका छन् । संस्थाको पछिल्लो ७ वर्षमा चरम आर्थिक अनियमितता भएको, संस्थाको आर्थिक कारोबार बैंकबाट नगरिएको केन्द्रीय समितिको पूर्ण बैठक वर्षमा एक पटक समेत नभएको आरोप सल्लाहकारहरुले लगाएका छन् ।उनीहरुले संस्थालाई जोगाउन कानूनी उपचार समेत खोजिने जनाए । समितिलाई केही मानिसले मागी खाने भाँडो बनाएको आरोप लगाउँदै आजीवन सदस्य हुलास यादवले संस्थालाई नै समाप्त गर्न सीमित व्यक्तिले कब्जा गरेको बताए । गोपाल सेवा समिति देशभरिको यादव जातिको हित गर्ने अब रहेनन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY

