![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।
यस्तै चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY