जनकपुरधाम । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण निश्चित भएपछि नेपाल रेल्वेको समुद्घाटन भने पक्का भएको छ ।
प्रधानमन्त्री देउवा चैत १८ देखि २० गते सम्मका लागि भारत भ्रमणमा जान लागेका हुन् । नेपाल रेल्वेले पनि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल्वेको समुद्घाटन गर्ने जानकारी दिइएको छ । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले हैदरावादवाट भर्चुवल प्रविधिवाट रेल्वेको समुद्घाटन गर्ने नेपाल रेल्वेले जनाएको छ । हुनत प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिकामा नेपाल रेल्वेको समुद्घाटन कार्यक्रम उल्लेख छैन् । तर, हैदरावादमा भारतीय प्रधानमन्त्री मोदी संग मन्त्रीमण्डलको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा हैदरावादवाट नै नेपाल रेल्वेको समुद्घाटन हुने जनाइएको छ । यसैवीच नेपाल तथा भारतीय प्राविधिकहरु रेल्वे सञ्चालनकालागि तैयारीमा जुटि सकेका छन् । भारतीय प्राविधिकहरु पनि जनकपुरधाम पुगि सेकेका छन् । दुवै देशका प्राविधिकहरु रेल्वेको नियमित निरीक्षण र अनुगमनमा छन् ।
समुदघाटनको कार्यक्रम जनकपुधाममा समेत राखिएको छ । रेल्वेका महाप्रवन्धक निरञ्जन झाले दिएका जानकारी अनुसार नेपाल र भारतका प्रधानमन्त्रीहरु हैदरावादवाट भर्चुवल प्रविधिवाट हरियो झण्डा देखाई रेल्वेको समुद्घाटन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहने जनाइएको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस. जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नेछ । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । चैत २० गते काठमाण्डु फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ । गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षमा आपसी साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखाएको छ । यो भ्रमणबाट दुई पक्षबीचको घनिभूत सहकार्य र साझेदारीलाई थप सघन तुल्याउन तथा दुई देशका जनताको हितका विषयलाई अगाडि बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=4s



