अपडेट 
२०७८ चैत्र १५, मंगलवार ०७:१०

मानवले भने, ‘हे दानव !’ तिम्रो शैतानी हरकतले अनाहकमा निर्दोष मानिस मरिन्छ । तिमी महापापी र दूराचारी छौं भन्दै तथानाम गाली गरेछन् ।

दानव मुसुमुस हाँस्दै भन्छन् । म प्रत्येक मानवमा वास गर्छु । यो त मानवको बुद्धि, विवेकमा भर पर्छ कि मलाई बाहिर निकाल्ने कि ननिकाल्ने । म, बाहिर निस्केपछि आफ्नो क्रुरता देखाउँछु र विवादको विजारोपन गर्छु । त्यसपछि, मानवले नै विवाद बढाउँदै हिंसामा परिणत गर्छन् । मानव र दानवबीच धेरै बेरसम्म एक अर्कामाथि आरोप प्रत्यारोप जारी रह्यो । मानव र दानवमा को धेरै बढी दोषि छन् भन्ने विषयको निक्र्यौल गर्न दानव एउटा मीठाई पसलनजिक पुगेछन् । रसभरी मीठाईको भाँडोमा दानवले मध्यमा औंला डुवाएछ । औंलामा टासिँएका मीठाईको रसलाई उनले पसलकैं भित्ताको एक कुनामा टासिँ दिएछन । दानवले भने, ‘हे मानव ! अव, सो भित्तामा टासिँएका रसलाई टकटकी हेरिरहनु ।’ एकछिनपछि, त्यो रसको वासनाले गर्दा झिँगाहरु रसको वरपर बसेछन् । झिँगाहरुलाई बसेको देखेर माउसुलीले झिँगाको शिकारगर्न विस्तारै विस्तारै झिँगाको नजिक पुग्न खोज्छन् । त्यहीँ बेलामा पसलभित्र मुसा उफ्रेछ । मुसालाई उफ्रेको देखेर विरालोले मुसाको शिकारगर्न सतर्क भएछ । सोही समयमा एक व्यक्ति कुकुरसहित मीठाइ किन्न पसलमा पुगेछन् । उनले पसलेलाई एक किलो रसभरी तोल्न भनेछन् । त्यतिकैमा कुकुरको नजर विरालोमाथि परेछ ।

उता, विरालोको नजर मुसामाथि, मुसाको नजर माउसुलीमाथि र माउसुलीको नजर झिँगामाथि रहेछ । कुकुरले एक्कासि विरालोलाई झम्टन खोजेछ । अप्रत्यासित घटनाले गर्दा पसलभित्र कुकुर, विरालो र मुसाको भागदौंड भयो । सोही भागदौंडको क्रममा कुकुरको ठक्करले मीठाईको भाँडो भूँइमा पोखिएछ । मीठाईको भाँडो पोखेको देखेर पसलेले रिष थाम्न सकेनन् । आवेशमा आएर उनले कुकुर लिएर किन आइस भन्दै सो ग्राहकको टाउकोमाथि लट्ठी बजारेछ । टाउको फुटेपछि ग्राहक लडेर बेहोश भएछ । ग्राहकलाई कुटेको देखेर सडकमा रहेका केही बटुवाहरुले पसलेले ज्यादति गरेको भन्दै पसलेको कुटपिटका साथै पसलको तोडफोडसमेत गर्न थालेछन् । पसलेलाई कुट्यो भन्दै वरपरका सवै पसलेहरु मिलेर वटुवाहरुलाई कुट्न थालेछन् । एकैछिनमा हेर्दाहेर्दै, पसले र बटुवाहरुबीच भयंकर कुटाकुट शुरु भएछ । त्यहाँको वातावरण हिंसात्मक भइसकेको थियो । एक अर्कामाथि कुटपिट र पसलमा लुटपाट शुरु थियो । सोही समयमा घटनास्थलमा प्रहरीको प्रवेश हुन्छ । तनावपूर्ण अवस्थालाई नियन्त्रणगर्न प्रहरीले शुरुमा लट्ठीचार्य गर्छन् । त्यसपछि, दुवै पक्षले उल्टै प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्न थाल्छन् । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रुग्यास र गोली चलाउछन् ।

सो अवस्थालाई नियन्त्रणमा ल्याउने क्रममा दुई जनाको घटनास्थलमा निःधन र आधा दर्जन व्यक्ति घाइते हुन्छ । स्थानीय प्रशासनले सो क्षेत्रमा कफ्यू जारी गर्छन् । त्यसपछि, पालो आउँछ, नेताजीहरुको । प्रतिपक्षी दलका नेताहरुले आगोमा घ्यू हालेजस्तै अतिरञ्जित भाषण गरेर देशभरकै शान्तिपूर्ण वातावरणलाई तनावग्रस्त बनाउँछन् । देशभरमैं प्रहरीले ज्यादति गरेको भनेर सरकारको राजीनामाका साथै पीडितहरुलाई क्षतिपूर्ति, प्रहरीमाथि कानुनी कारवाहीको माग गर्दे नारा जुलुस र धरना गर्छन् । नेताहरु यस्तै मौंकाको खोजीमा थियो भनने बुझिन्थ्यो । सवै आ–आफ्ना राजनीतिक छवि बनाउन भरमग्दुर प्रयासमा जुटेको देखिन्थ्यो । त्यसपछि, दानवले भने, ‘हेर ! मनुवा ।’ मैंले मात्र मीठाईको भाँडो रस भित्तामा टाँसेको थिए । त्यसपछि, बाँकी खेल तिम्रै मानवले गरेको हो । समयमै धेर्यता र विवेक नपु¥याउने अनि मानवले हामी दानवमाथि दोष थोपार्नु कहाँसम्म उचित हो ? यो एउटा काल्पनिक कथा हो । तर, हाम्रो मुलुकमा यस्तै किसिमका अनेकौं घटना घटेका छन् । उक्त कथामा पसलले मीठाईको भाँडो पोखिएपछि उतिखेर, क्षतिपूर्ति मागेको भए, समस्याको समाधान हुन्थ्यो ।

तर, आवेशमा आएर कुटपिट गर्दा धनजनको क्षति भयो । होली पर्वको दिन पानी माग्ने बहानामा मोरङ् को लेटाङमा शिक्षकले छात्राकै घरमा अभद्र व्यवहार गरेको आरोप छ । उतिखेर, नै प्रहरीमा उजुरी दिनुपर्ने थियो । ति विषय विद्यालयमा पुगेपछि वातावरण तनावपूर्ण बनेको हो । अराजक अवस्था सृजना हुँदा अनाहकमा प्रहरी महिला उर्मिला श्रेष्ठको दुःखद निधन भयो । उहाँको निर्मम हत्या मानवभित्र लुकेको दानव प्रवृतिकै कारणले भएको स्पष्ट हुन्छ । मानिसमा संवेदना हराइसकेको अवस्था छ । अहिले मानिसको सोच आत्मकेन्द्रीत भइसकेको छ । उहिले एक अर्काको सुख दुःखमा सरिक हुन्थे । अचेल, दुःखमा रमाउन थालेका छन् । मान्छे दुर्घटनामा परी छटपटाइरहेका हुन्छन् । उनको उद्धार गर्नुको सट्टा मानिसहरु मोवाइलबाट भिडियो बनाउनेमा तल्लीन रहन्छन् । अस्पतालमा विरामीको मृत्यु भएपछि अराजक तत्वले कानुन आफ्नै हात लिएर तोडफोड गर्छन् । मुलुकमा हिँसा र बलात्कारको घटना हुन नदिनका लागि अव, कडा कानुनको आवश्यकता देखिन थालिएको छ । उर्मिला श्रेष्ठको हत्याले एउटा गम्भीर प्रश्न खडा गरेको छ ।

हाम्रो समाज कतातिर जाँदैछ ? अराजक गतिविधि गर्नेहरु रक्सी खाएका थिए, भन्छन् । रक्सी खाएर जथाभावी आक्रमण गर्न सक्छन् । तर, उर्मिला श्रेष्ठको घाटीमैं हतियारले आक्रमण गरेको देखिन्छ । यसो हेर्दा, अराजक अवस्था सृजनागर्ने उद्देश्य लुकेको प्रष्ट हुन्छ । मुलुकको संविधानअनुसार शान्तिपूर्ण ढङ्गले विरोधका कार्यक्रम गर्न छुट छ । अहिलेपनि, दलहरुले बन्दको क्रममा अवहेलना गरेको भनेर गाडीमा आगजनी गर्छन् । ट्याक्सी जलाइन्छ । ऋृण लिएर ट्याक्सी किनेको हुन्छ । त्यो ट्याक्सीसँगै उनको परिवारको रोजीर ोटी र भविष्यपनि जल्छन् । नेता भन्छन, जनताको लागि बन्द गरिएको हो ? क्या बात ? यहि हो, विकृति । यस्तै, विकृत मानसिकता क्रमिक रुपमा बढ्दै समाजमा अनैतिक कार्य गर्नमा प्रोत्साहित गर्छन् । धेरै ढिलो भयो, अव पनि सचेत हुनुपर्छ ।

के बलात्कारीलाई फासी दिनुपर्ने ?

फागुन २७ गते मोरङ्कै सुन्दरहरैचा–७ मा २१ महिनाकी बालिकाको बलात्कार गरी हत्या ग¥यो । सो घटनाको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । यस्ता क्रुर अमानवीय घटनामा संलग्न हुनेहरुलाई फासीको सजाय दिनुपर्ने आवाज पनि उठ्न थालेको छ । दिल्लीमा सन् २०१२मा भएको निर्भयाको बलात्कारको घटनाले सम्पूर्ण भारतनै तरङ्गित बनेको थियो । जनताको अत्यधिक दवावपछि बलात्कारीलाई फासीको सजायको लागि कानुन बनाउन भारत सरकार बाध्य भए । त्यसपछि, निर्भयाको बलात्कार र हत्यागर्ने चार युवालाई सन् २०२०को मार्च २० तारेखमा फासी दिइयो । सो कानुनले गर्दा भारतमा बलात्कारको घटनामा कमी आएको छ । तर, पूर्ण रुपले रोकथाम हुन सकेको छैन् । नेपालमा पनि बलात्कारीलाई फासीको सजाय दिने कानुन बनेपछि डरको वातावरण सृजना हुने र बलात्कारको घटना नियन्त्रण हुने विश्वास गरिएको छ । महिलाको सशक्तिकरण हुनुपर्छ । तर, बालिकालाई संरक्षण कसरी गर्ने ? कानुनले मात्र सम्भव छ, जस्तो लाग्दैन् । यसप्रकारका जघन्य अपराधलाई रोक्नमा आमाबावुको पहिलो दायित्व हो । सर्वप्रथम, आफ्ना छोरालाई संस्कारी बनाउनुपर्ने हो । समाजमा के देखिएको छ भने छोरीको सधैं ख्याल राख्ने । तर,कतिपय अभिभावकहरु छोरा के गर्दैछ, कस्ता कस्ता साथीहरु छन् भनेर सचेत नरहेको देखिन्छ । छोराको पनि गतिविधिमा नजर नराख्दा कूलतमा फस्नुका साथै कुकृत्यका घटनामा संलग्न हुन्छन् । समाजपनि आफ्ना दायित्व विर्सेको देखिन्छ । उहिले, गाउघरमा समाजका अगुवाले उच्छृङ्खल गतिविधिको नियन्त्रण गर्थे । मानिसमा पनि समाजले के भन्छ ? गलत कार्य गरेमा भोलि कसरी अनुहार देखाउने भन्ने लाज हुन्थ्यो । अचेल, लाज र डर हराएछ । कसैले उचित सुझाव पनि चाहदैनन् ।अनाहकमा अर्काको घरको विषयमा किन पर्नु भनेर पन्छिन खोज्छन् । त्यस, कारणले छाडापनपनि बढेको देखिन्छ । समाजलाई जागरुक हुनुपर्छ, नत्र उर्मिलाजस्ता हत्याको घटना र बालिकाको बलात्कारलगायतका घटनाहरु पटक पटक दोहरिन सक्छन् । कुनैपनि मुलुकमा वालवालिको वलात्कारको सजाय एकनासको छैन् ।

सन् २०१६मा हक–सेन्टर फोर चाँइल्ड राइटले दुनियाभरमा यौंन र बलात्कारको घटनामा अलग अलग किसिमका सजायको प्रावधान उल्लेख गरेको छ । अमेरिकामा घटनाको आधारमा बढीमा ३० बर्षको सजायको व्यवस्था छ । तर, कैलिफोर्निया, पm्लोरिडा, जाँर्जिया, लोवा, लुसियाना, मोनटाना, ओरगाँन, टैक्सास र विस्काँन्सिन राज्यहरुमा बलात्कारीमाथि केमिकल र सर्जिकल तरिकाले नपुंसक बनाउने प्रावधानपनि विकल्पको रुपमा छ । वेलायत, फ्रान्स,दक्षिण अफ्रिका र रुसमा बढीमा २० बर्ष, मलेसियामा ३० र फिलिपीन्समा बढीमा ४० बर्षको सजायको प्रावधान गरिएको छ । एमनेस्टी इन्टरनेशनलको २०१३ को रिपोर्टको आधारमा आठ देशमा बालिकाको बलात्कारमा फासीको सजायको व्यवस्था रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । चीन, नाइजेरिया,काँगो, पाकिस्तान, ईरान, सउदी अरब, यमन र सूडान हुन् । अव, भारतपनि सो सूचीमा समावेश भएको छ । ‘अस्तु’ !

Comment


Related News

Latest News

Trending News