मलंगवा । सर्लाहीमा आक्रमणमा परी घाइते भएर उपचार गराइ रहेका प्रतिनिधिसभा सांसद प्रमोद साहसंग जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरेका छन् ।
काठमाण्डुको मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका सांसद साहलाई सोमबार अस्पतालमै पुगेर अध्यक्ष यादवले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यादवले जसपाका प्रमुख सचेतकसमेत रहेका घाइते सांसद साहलाई भेटेको उनको सचिवालयले जनाएको छ । भेटघाट गर्दै यादवले आफ्ना सांसद तथा प्रमुख सचेतकमाथि भएको आक्रमण घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । त्यसै गरी अध्यक्ष यादवले सांसद यादवको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । गत शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका–६ बयलबासमा सडक विस्तारको क्रममा फुलजोर युवा क्लबको भवन सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सो क्रममा टाउकोमा ढुंगा लागेर सांसद साह गम्भीर घाइते भएका थिए । उनलाई एयरलिफ्टमार्फत काठमाडौं उपचारको लागि लगिएको थियो । यता सो घटना झडप नभइ नेकपा एमालेका कार्यकर्ताहरुले सुनियोजित ढंगले साँसद साहमाथि संघातिक आक्रमण गरेको आरोप जनता समाजवादी पार्टीले लगाएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपा नेपालले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कडा कारवाही गर्नु पर्ने माग अघि सारेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY



