२०७८ चैत्र १५, मंगलवार ११:५८

इटहरी । इटहरीको नवजाग्रित टोलमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इटहरीका डिएसपी खगेन्द्र खड्काले घाइते दुवैको अवस्था सामान्य रहेको बताए । डिएसपी खड्काले थप अनुसन्धान आवश्यक भएको बताए ।

उनका अनुसार सो ठाउँमा ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको छ ।

Comment


Related News

Latest News

Trending News