२०७८ चैत्र १६, बुधबार ०८:२४

गौर । निर्वाचनको समय नजिकिंदै जाँदा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

पार्टीको उम्मेदवार जिताउनका लागि पार्टीका जिम्मेवार नेता तथा सक्रिय कार्यकर्ताहरु गाउं–गाउं टोल–टोलमा गएर संगठन निर्माण तथा मतदाता संग भेंटघाटलाई निरन्तरता दिएको देखिएको छ । बैशाख ३० गते का दिन हुने निर्वाचनका लागि निर्वाचन आयोग नेपालले बैशाख ११ र १२ गते मनोयन पत्र दर्ता गराउने समय तोकेको छ । मनोयन पत्र दर्ता गर्ने समय नजिकिँदै गएकोले विभिन्न राजनीतिक दल का कार्यकर्ताहरुले सामाजिक संजाल मार्फत आ– आफ्नो उम्मेदवारी हुने इच्छा प्रकट गरी चुनावी मैदान मा उत्रिसकेकोले रौतहटमा चुनावी माहोल निर्माण हुँदै गएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफ्नो निर्वाचन क्षेत्रदेखि अन्य निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहमा पार्टीलाई जिताउनका लागि कडा परिश्रम गरिरहेका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को क र ख विधान सभामा राज्यमन्त्री यादवको दौडाहा जारी छ । सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुखका उम्मेदवारको रुपमा रहेकी महिला नेतृ किरण कुमारी ठाकुर नगर पालिकाका प्रत्येक वडामा पार्टी कार्यकर्ता , समर्थकसंग भँेटघाट गर्ने कामलाई तीव्र पारेकी छिन् ।

उपप्रमुखको लागि अमरुल हक पनि प्रचार प्रसार तथा संगठन विस्तारको कार्यमा निरन्तरता दिँदै देखिएका छन् । नगर अध्यक्ष समेत रहेका अमरुल हकले मेयर प्रत्याशी तथा नगर उपप्रमुख किरण ठाकुर संग मिलेर अहिले सम्म ५ वटा वडामा जसपा नेपालका वडा कमिटी गठन गर्न सफल भइसकेका छन् । गौर नगरपालिका–५ का सम्भावित वडा अध्यक्ष पदका उम्मेदवार संजिव कुमार गुप्ताले पनि तयारी तीव्र पारेका छन् । । घर घरमा गएर पार्टीका लागि मत माग्ने गरेको देखिएको गुप्ताले गौरमा जसपाको जित हुने ठोकुवा समेत गर्ने गरेका छन् । राजदेवी नगरपालिकामा जसपा नगर प्रमुखका प्रत्याशी रामेश्वर प्रसाद यादव पनि चुनावी अभियानमा सक्रिय भएका छन् । राजदेवी नगरपालिकामा उपमेयर पदका लागि राज्य मन्त्री योगेन्द्र यादवको श्रीमती ओनिता यादव नाम अघि सारिएको छ ।

Comment


Related News

Latest News

Trending News