अपडेट 
२०७८ चैत्र १७, बिहीबार ०७:०९

जनकपुरधाम । नेपालका ग्यास उद्योगीहरु आन्दोलनमा उत्रेका छन् ।

ग्यास उद्योगी र सरकारबीच कमिसनको कुरा नमिल्दा उद्योगीहरु आन्दोलनमा उत्रेका हुन् । पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले आफूहरुको कमिसन नबढाएको भन्दै उद्योगीहरु आन्दोलित भएका छन् । ग्यास उद्योगीहरुले पेट्रोलियम पदार्थको मूल्य ८७ रुपैयादेखि १३५ रुपैयाँ भए पनि आपूmहरुको कमिसन नबढाएको उनीहरुको गुनासो छ । सरकारले एउटा सिलिण्डरमा कम्पनीलाई ३५ रुपैयाँ कमिसन दिँदै आएको थियो । तर, अहिले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सो कमिसन भन्दा बढी आपूmहरुलाई ढूवानी नै पर्ने गरेकाकारण यथास्थितिमा काम गर्ने अवस्था नरहेको उद्योगीहरुको ठम्याइ छ । उद्योगीहरुले सरकारले तोकेको कमिसनले उद्योग चल्न सक्ने अवस्था नरहेको तथा कमिसनभन्दा बढी खर्च नै रहेकाकारण कमिसनको दायरा बढाउनुपर्ने माग अघि सारेका छन् । नेपाल आयल निगमलाई चैत ६ गते नै कमिसन बढाउनुपर्ने मागसहित आन्दोलनको चेतावनी दिए पनि मंगलबारसम्म मागप्रति सुनवाइ नगरेको भन्दै उद्योगीहरुले बुधवारदेखि ग्यास वितरण कार्य बन्द गरेका छन् । नेपालमा मासिक ४५ हजार मेट्रिक टन ग्यास करिब डेढ करोड उपभोक्ताले प्रयोग गर्दै आएको छ । उद्योगहरुले ग्यास भारतवाट आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर भने आम उपभोक्तामा नै पर्ने भएको छ । उद्योगी र सरकारबीच बार्ता हुँदा पनि त्यो असफल नै भएको छ ।

सरकारले उद्योगीहरुको कमिसन बढायो भने ग्यासको मूल्य बढाउनुपर्ने भएकाले अहिलेको मूल्य जनताकोलागि धेरै रहेको भन्दै तत्कालका लागि कार्य सूचारु गर्न उद्योगीहरुलाई आग्रह गरेको छ । तर, उद्योगीहरु यथास्थितिमा उद्योग बन्द नै गर्नु बेस रहेको भन्दै धनुषाको नकटाझिझमा रहेको नोबेल ग्यास उद्योगले ग्यासको बिक्री वितरण कार्य बुधवारदेखि बन्द गरेको छ । नेपालका ग्यास उद्योगहरुले प्रोसेसिङ्ग डेलेभरी अर्डर (टीडीओ) ६ गतेदेखि नै बन्द गरिसकेको छ । ग्यास उद्योगहरुले भारतवाट ग्यास ल्याउनका लागि नेपाल आयल निगममा टीडीओ भरेपछि भारतवाट ग्यास ल्याउने गरेका छन् । उद्योगहरु आफ्नो बुलेट भारत पठाएर त्यहाँवाट ग्यास समेत मगाउने गरेको छ । नेपालवाट बुलेट भारत पठाउने र त्यहाँवाट नेपाल ल्याउँदा मूल्य बढी पर्ने गरेको बताइन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष असर भने ढुवानीमा परेको उद्योगीहरुको भनाई छ । अहिले नेपालमा १३५ रुपैयाँमा प्रतिलिटर डिजल पाउने गरेको छ । उद्योगीहरुले ८७ रुपैयाँ प्रतिलिटर डिजेल भेटाउँदा ३५ रुपैयाँ कमिसन थियो हामी सक्यौ र काम गर्र्यौ तर, अहिले १३५ रुपैयाँ भएको छ तर, कमिसन ३५ रुपैयाँ मात्रले हाम्रो ढाड सेक्ने काम भएको उद्योगीहरुको गुनासो छ ।

धनुषाको नकटाझिझमा रहेको नोबेल ग्यासका म्यानेजर मनोज श्रेष्ठले कम्पनी ग्यास बिक्री वितरण गर्न असमर्थ रहेको भन्दै आपूmहरुले बुधवारवाट सम्पूर्ण कार्य बन्द गरेको जानकारी दिए । ग्यास बिक्री वितरण बन्द भएपछि जनकपुरधाम लगायत देशभरनै ग्यासको कालोबजारी हुन सक्ने अनुमान गरिए पनि कम्पनीहरुले आफूहरुको समस्यालाई उपभोक्ताहरुले बुझिदिन आग्रह गरेका छन् । कम्पनीहरुले जनतालाई सरकारले सहुलियत दरमा ल्याएको ग्यास व्यवसायीहरुले प्रयोग गर्ने गरेका कारण पनि उद्योगहरुलाई समस्या हुने गरेको बताइन्छ । उद्योगीहरुले आम उपभोक्ताका लागि एक र उद्योगीहरुका लागि अर्को सिलिण्डर प्रदान गर्नुपर्ने प्रावधान ल्याउनुपर्ने निगम समक्ष प्रस्तावसमेत प्रस्तुत गरेको छ । यस भन्दा पहिला पनि दुई प्रकारको सिलिण्डरको प्रावधान ल्याइएको थियो तर, त्यो सफल हुन सकेको थिएन् । सरकारले निलो र रातो गरी दुई प्रकारको सिलिण्डरको प्रावधान ल्याएको थियो । जसमा निलो व्यवसायीहरुकोलागि र रातो आम उपभोक्ताका लागि थियो । व्यवसायीहरुले रातो सिलिण्डर प्रयोग गरेपछि सरकारलाई तिर्ने कर पनि छली गरेको र त्यसको प्रत्यक्ष प्रभाव उद्योगीहरुमाथि पर्ने गरेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News