२०७८ चैत्र १७, बिहीबार ०७:३१

सर्लाही । जनता समाजवादीपार्टी संघीय संसद प्रमोद साहमाथि आक्रमण भएको केही नबित्दै प्रहरी प्रधान कार्यालय नक्सालले सर्लाही प्रहरी प्रमुखलाई परिवर्तन गरेको छ ।

सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारीबाट हटाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहिता अनुसार एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने समेत बताइएको थियो । प्रसाईंलाई जसपाका सचेतकसमेत रहेका साहमाथिको आक्रमणको विषयमा सरुवा गरिएको सर्लाही प्रहरी स्रोतले जनाएको छ । उनका अनुसार साहमाथि शनिवार आक्रमण भएपछि जसपा एसपी प्रसाई ंसंग रुष्ट बनेको थियो । प्रसाईंलाई हटाएपछि उनको ठाउंमा एसपी प्रवीण पोखरेललाई पठाइएको छ ।

शनिबार सडकको विषयको विवाद मिलाउन गएका संसद साहमाथि नेकपा एमालेका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको आरोप लगाउंदै जसपा नेपालले दोषीमाथि कडा कारवाही गर्ने माग गर्दै आएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News