२०७८ चैत्र १७, बिहीबार ०७:३६

जनकपुरधाम । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले वृक्षरोपण धनुषा शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा जनकपुरधामको बिषहरा पोखरीको डिलमा बुधवार बिहान महासंघ मधेश प्रदेश समितिले विभिन्न जातका वृक्ष रोपेका छन् । वर, निम र पिपल लगायतका जातका विरुवाहरु रोपिएको महासंघ प्रदेशका सभापति राजेश कुमार कर्णले जानकारी दिए । सभापति कर्णको सक्रियतामा भएको सो वृक्षरोपण कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सांसद रामअशिष यादव, नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, वन अधिकृत सुरेश शर्मा, जिल्ला वनस्पति कार्यालय धनुषाका प्रमुख ताहिर हुसैन तथा महासंघ प्रदेश समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । त्यस्तै धनुषा शाखाले आसन्न निर्वाचन र सञ्चार क्षेत्रको समस्या एवं समाधानका बारेमा अन्तरक्रिया गरेको थियो । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी श्रीघर पन्थीले निर्वाचन व्यवस्थापन र पत्रकारहरु राजेश कर्ण , हिमांशु चौधरी , श्यामसुन्दर शशि र वीएम खनालले सञ्चार क्षेत्र र सञ्चारकर्मीका त्रुटि एवम् सुधारबारे धारणा व्यक्त गरेका थिए ।

शाखा अध्यक्ष मनिका झाको सभापतित्वमा भएको कार्यक्रममा अवधेश कामत , निरञ्जन साह , शैलेन्द्र क्रान्ति , चांदनी झाले विकृति र विविध समस्या औल्याएका थिए ।

Comment

Related News

Latest News

Trending News