२०७८ चैत्र १७, बिहीबार ०७:३९

कलैया । व्यापारिक मार्ग विस्तार योजना,पथलैयाले सड्क क्षेत्रमा भएको अतिक्रमण हटाउन सुरु गरेको छ ।

सडक क्षेत्रको जग्गा अतिक्रमण गरेर बनाईएको घर,टहरा ,पर्खालहरु हटाउन सुरु गरिएको हो । कार्यालयले प्रहरी ,प्रशासनको सहयोगमा डोजर लगाइ अटेरी गरी बस्नेको घर,टहरा तथा पर्खाल भत्काउन सुरु गरिएको योजना प्रमुख मनिष कुमार साहले जानकारी दिए । अतिक्रमण क्षेत्र खाली गर्न भनी पटक–पटक सूचना दिँदा पनि घरधनीहरु अटेरी गरी बसेका थिए । पथलैया–जीतपुर–परवानीपुर– गण्डक सड्क र परवानीपुर–ड्राईपोर्ट–आई.सि.पी. सड्क खण्डको केन्द्रबिन्दुबाट २५÷२५ मिटर भित्र रहेको सम्पूर्ण सरकारी तथा निजी घर ,टहरा ,पर्खाल हटाएर व्यापारिक मार्ग विस्तार योजनामा सहयोग गर्न ,वीरगञ्ज–पथलैया सड्कको कार्यालयले अनुरोध गरेको थियो । जितपुरमा १७ वटा घर ,ड्राईपोर्ट पर्सामा २ वटा घर र परावानीपुरमा १३ वटा घरहरु सड्क क्षेत्रभित्र परेका छन् ।

जीतपुरमा नजरुल हक अंसारीको घर ,प्रमानन्द साहको घर ,शिवजी शाह कलवारको घर ,नेपाल ईन्भेष्टमेन्ट बैँक नेपाल बैँक लि.,शिव गुरु खाद्य उद्योग ,बिन्देश्वरी कलवार ,शक्ति निकेतेन अंग्रेजी आवासीय विद्यालय,लक्ष्मी बैँक ,आदित्य ट्रेडर्स ,हनुमान मन्दिर ,सुजुकी शोरुम ,प्रिया ट्रेडर्स ,रारा चप्पल उद्योग ,ओम शान्ति दाँत उपचार , आई.एम.ई. र गुप्ता मार्केट लगायतका परेका छन् । त्यस्तै ड्राईपोर्ट पर्सामा जवाहिर साह कलवार र जग साह तेलीको घर परेको छ । यता परवानीपुरमा परवानीपुर वडा कार्यालय ,ओम प्रकाश यादवको घर ,रामदेव यादवको घर ,नारद प्रसाद कलवारको घर ,संजय साहको घर ,कमल ठाकुरको घर ,नागमणीको घर ,निलम देवीको घर ,हबिब मियाँको घर ,राज महमद मियाँको घर ,बरहमी रौनियारको घर ,नथुनि साहको घर र सुबोध श्रीवास्तवको घर परेको छ । वीरगञ्ज पथलैया व्यापारिक मार्गको कुल ३१.२ कि.मि. सड्क निर्माणमा भौत्तिक प्रगति समग्रमा करिब ८५ प्रतिशत देखिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News