२०७८ चैत्र १७, बिहीबार १३:२८
१७ चैत, जनकपुरधाम । जनकपुरधाममा स्कुल बसको ठक्करले एक जनाको मृत्यु भएके छ ।
बिहिवार आज ज्नकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठकक्र दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।
घरबाट बा.८०च ९०९४ नम्बरको मोटरसाइकल चढेर जनकपुरधामतर्फ आउँदै गरेका लामिछानेलाई सो बसले खाद्य संस्थानको अगाडि ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक फरार भएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=1s

