२०७८ चैत्र १८, शुक्रबार ०६:५७

जनकपुरधाम । मधेश प्रदेशको अलग– अलग स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु र तीन जना गंभीर घाइते बनेका छन् ।

पर्सा जिल्लाको पोखरियामा दुइ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा सडक दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका– ४ स्थित नहरछेउको सडकमा विहीबार विपरीत दिशाबाट आउँदै गरेको ना ३ प १०२६ नम्बरको र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी पर्साको धोबीनी गाउंपालिका–३ गुलरियाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउंपालिका–५ एकडरवाका गाउका २९ वर्षीय हसिन्दर सहनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए । दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रनि थापले बताए । त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोबीनी गाउंपालिका–३ गुलरिया का ३० वर्षीय रोजदिन मियाँ , सखुवा प्रसौनी गाउंपालिका–५ एकडरवाका गाउंका रंजित महत्तो र सोही ठाउँका १९ वर्षीय सुपेन राउत गंभीर घाइते भएका छन् । घाइते तीनै जनाको उपचार नारयायणी अस्पताल वीरगञ्जमा भइरहेको जनाइएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ एक आपसमा ठोक्किएको स्थनीयवासीहरुले बताएका छन् ।

यसै गरी धनुषाको जनकपुरधाममा एउटा स्कुल बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बिहिवार पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका– १४ खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गंभीर घाइते भएका लामिछानेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको तथा यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै विहीबारै सर्लाहीमा घरबाट विद्यालय जानका लागि हिँडेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु भएको छ । विहीबार बागमती नगरपालिका–७ राजघाट नेमी चोक नजिक क्रेनको ठक्करबाट स्थानीय १७ वर्षीया छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ । साईकलमा चढेर घरबाट नव जन जागरण माविमा अध्ययन गर्न निस्केकी सुमित्रा परियारलाई विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएपछि उनी गंभीर घाइते भएकोको प्रहरीले जनाएको छ । गंभीर घाइते परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना पछि प्रहरीले क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

त्यसैगरी सर्लाही कै लालबन्दी नगरपालिका–१७ कालिन्जोरमा बुधबा राति भारतीय नम्बर पल्टेको कार दुर्घटनाग्रस्त हँुदा कार चालकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै बिआर ०६ बिएम १५३७ भारतीय नम्बरप्लेटको कार दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतको सितामढी जिल्ला बयलडाबड धनुषी–२का २२ वर्षीय नबीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस अघि बुधबार राति महोत्तरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । महोत्तरीको सोनमा गाउंपालिका–८ शिवनगर गाउंमा खेत जोत्ने क्रममा रोटाभेटरमा परेर स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए । ट्याक्टर चालक २५ वर्षीय रामबाबुले गाउंकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट् याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको मृत्यु भएको उनले बताए । दुर्घटनापछि चालक महेश फरार रहेको जिप्रका महोत्तरीले जनाएको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News