२०७८ चैत्र १८, शुक्रबार ०७:१२

बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउंपालिका– ३ नबटोलिको नगिना मलिकलाई प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले लत्ताकपडा सहित आर्थिक सहयोग समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कवारीले मलिकले थप सहयोगका लागि अपांगता भएकालाई सहयोग गर्ने संघसंस्थाको ध्यानाकर्षण गराउने पनि जनाएका छन् । नगिना देवी मलिकको सासु दाना देवी मलिकले छोरा कलेश्वर मलिकले ७ वर्ष पहिले भारतमा कामगर्न जाँदा दाहिने हात मेसिनमा काटिएको थियो । त्यतिबेला पनि उपचार गराउन कर्जा लिएको पैसा सकेको छैन अब बुहारीलाई यस्तो रोगमा कसरी उपचार गराउने ? रुदै भने ,‘नगिनाको दुई छोरा एक छोरी छन, हाम्रो परिवारमा कमाउने कोही छैन ।डोमको काम पनि सिजनमा(समय) हुन्छ ? अहिले नकुनै पर्व छ नकुनै विवाहको समय ? म र बुहारीले काम गर्दा हाम्रो परिवारको दुई छाक टार्थे अब के हुन्छ भक्कानो पारी रुदै भने ,‘यस्तो अवस्थामा गाउँपालिका, राजनेता, संघसंस्था ,समाजसेवीले सहयोग गरेमात्र बुहारीलाई बचाउन सक्छु ।’

Comment


Related News

Latest News

Trending News