वीरगञ्ज । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मोटरसाइकल चोरी काठमाण्डु महानगरपालिका– १८ का ३४ वर्षीय कमल गिरी, चितवन महानगरपालिका–१५ का १९ वर्षीय निशान थापा र वीरगञ्ज महानगरपालिका–१५ का १८ वर्षीय संदीप घिमिरेलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२७ का मुन्ना अन्सारीले वडा नं. १६ बसपार्कमा ग्यारेजमा पार्किङ्ग गरेको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल ग्यारेजको ताल्चा फुटाएर चोरी भएपछि एक सय मिटर टाढाबाट तीनै जनालाई मोटरसाइकल र चोरीमा प्रयोग भएका रिञ्च तथा साँचोसहित पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेको तीनै जनामाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको छ । पक्राउ परेकाहरु एउटै गिरोहको रहेको र ती गिरोहका अरु व्यक्तिहरु सक्रिय हुनसक्ने अनुमान प्रहरी स्रोतले गरेको छ ।

