२०७८ चैत्र १८, शुक्रबार ०७:२७

जनकपुरधाम । राष्ट्रिय श्रमिक संघ नेपालको प्रथम महाधिवेशन हुन लागेको छ ।

राष्ट्रहित,उद्योगहित र श्रमिकहित नाराका साथ शुक्रबारदेखि जनकपुरधाममा रहेको मारवाडी सेवा सदनको सभाकक्षमा हुने भएको छ । संघका महासचिव गोपाल यादवले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी दिएकाm थिए । दुई दिनसम्म चल्ने संघको महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरिने महासचिव यादवले जानकारी दिए । देशभरिका विभिन्न जिल्लाका दुई÷दुई जना प्रतिनिधि गरी दुई सय भन्दा बढी सदस्यहरुको महाधिवेशनमा सहभागिता हुन लागेको जानकारी समेत गराइएको छ । सम्मेलनमा महसचिव यादवले भने,‘देशभरि थुपै्र श्रमिक संघ संगठनहरु रहेका छन् तर ती सबै कुनै न कुनै राजनीति दलसँग आवद्ध छन् तर हाम्रो संघ भने स्वतन्त्र छ हामीले श्रमिकको हितका लागि एकजुट भएका हौं राजनीति गर्न होइन ।’ शुक्रबार एक समारोहबीच राष्ट्रिय समावेशी अयोग नेपालका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले महाधिवेशनको उद्घाटन गर्ने आयोजकले जनाएको छ भने दिउँसो जनकपुरधाम नगर क्षेत्रमा झाँकी प्रदर्शन गरिने समेत जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News