२०७८ चैत्र १८, शुक्रबार १५:२२

नेपाल विद्युत प्राधिकरण  मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ठुलो परिमाणमा विद्युतीय मोटरसहितका सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय  मौलापुरको टोली र  देवाही गोनाही सशस्त्र बेस क्याम्पको टोलीको सहयोगमा चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानबाट  ४२ थान  मोटर  र ५ थान कटर मेसिन बरामद गरेको हो।

हुकिङ गरेर विद्युत चोरिरहेको अवस्थामा बिहीबार राती २६ थान विद्युतीय मोटर, २ थान कटर मेसिन तथा विद्युतीय तार बरामद भएको विद्युत प्राधिकरण मौलापुरका प्रमुख सञ्जिवकुमार दासले बताएका छन् ।  सो टोलीले २ दिन अघिमात्र १६ थान मोटर र ३ थान कटर मेसिन लगायतका सामान बरामद गरेको थियो ।

Comment


Related News