२०७८ चैत्र १८, शुक्रबार १५:३४

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट केही समय अघि भारतकाे नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भारत भ्रमणकाे अवसरमा प्रधानमन्त्री देउवाले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनुभएको छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ ।

भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा  नेपाल वायुसेवा निगमको एयरलाइन्सबाट चैत २० गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेकाे छ ।

Comment


Related News

Latest News

Trending News