२०७८ चैत्र १९, शनिबार ०५:१९

जनकपुरधाम ।देशमा सांसद, पूर्व मन्त्री र पूर्व प्रधानमन्त्रीले नै आम्दानीको ब्यापक स्रोत भएको स्थानीय तहमा चुनाव लड्ने तयारी गरिरहेको बेला मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख पनि बनेका छन् ।

प्रतिष्ठानको नियमानुसार अस्पतालका प्रमुखमा निर्देशकलाई नियुक्त गर्नुपर्ने छ ।तर डा.साहले निर्देशक नियुक्तिको प्रक्रियालाई अवरुद्ध गरी स्वयं अस्पतालको पनि प्रमुख भएका छन् । उनी राजनीतिक नियुक्तिबाट भीसी नियुक्त भएका हुन् । अस्पतालमा व्यापक सुधार र सेवा विस्तार गरेका डा.प्रमोद कुमार यादवलाई अचानक हटाएर डा.साह स्वयं अस्पतालका प्रमुख बनेका हुन् ।प्रमुख डा. यादव बस्ने कुर्सीमा नै उनी पदबहाली गरेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल समेत गरी अर्बौंको हाराहारीमा बजेट रहेको छ ।डा.साहले प्रतिष्ठानको मुजेलियास्थित कार्यालयमा विशिष्टिकृत सेवा सञ्चालन गरेको दाबी गरे पनि त्यहाँ सामान्य रोगीको उपचारसमेत हुने गरेको छैन् । चरम आर्थिक अनियमितता हुने गरेको आरोप लाग्दै आएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा.साहले अस्पतालको खाता सञ्चालन राजनीतिक नियुक्ति पाएका रजिष्टार विनोद यादवको नाममा गराएका छन् ।आर्थिक ऐन, कानून अनुसार राजनीतिक नियुक्ति पाएका अथवा जनप्रतिनिधिको नामबाट सरकारी कारोबार हुने खाता सञ्चालन हुँदैन् ।

प्रतिष्ठानमा अनेकौ कागजी कामको नाममा भारी रकम हिनामिना हुँदै आएको छ ।भीसी समेत रहेका अस्पतालका प्रमुख डा.साहले आफ्नो निजी ट्रमा सेन्टर लगायतका नर्सिंग होम सञ्चालन गर्दै आएका छन् । तर विश्वासको अभावमा बिरामी न्यून भएपछि उनी अस्पताललाई नियन्त्रणमा लिएर आर्थिक अनियमितता, उपकरण र रोगीहरु पठाउने काम समेत प्रारम्भ गरिसकेको आरोप लाग्न थालेको छ ।अस्पतालका प्रमुख र भीसीले आफ्नो निजी नर्सिंग होम सञ्चालन गर्ने नैतिक र कानूनी प्रावधान छैन् ।

Comment


Related News

Latest News

Trending News