२०७८ चैत्र १९, शनिबार ०५:२८

लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष संजय कुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा विहीबार अबेर साँझ आयोजित एक कार्यक्रमका बीच जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबिर माला लगाई पार्टीमा स्वागत गरेका थिए । रौतहटको दुर्गाभगवती गाउंपालिकाको छतौनाका यादवले विहीबार नै लोसपा पार्टी परित्याग गरेको घोषणा गरेका थिए । मधेश र मधेशी जनताको अधिकार दिलाउनका लागि स्थापना भएको लोसपा पछिल्लो समय मधेशको माग एवं मुद्धालाई नै बिर्सेर नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको पछि लागेकाले आफुले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको यादवले बताए । ओलीको पछि लागेका लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कहिल्यै मधेशी जनताको अधिकार एवं पहिचान दिलाउन नसक्ने उनले दाबी समेत गरे ।

लोसपाका मधेश अध्यक्ष यादवलाई पार्टीमा ल्याउन जसपाका नेता एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले महत्वपूर्ण भूमिका खेलेको पार्टी स्रोतको दाबी छ । सोही कार्यक्रममा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका निर्वाचित वडा अध्यक्ष दीलिप कुमार यादव पनि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए । २०७४ सालमा भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष यादवले एमाले परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News