अपडेट 
२०७८ चैत्र १९, शनिबार ०५:४२

अप्रिल पहिलो तारेख अर्थात् शुक्रवार मिथिला–मधेसका सम्भावनावान युवक मनिष झा सामाजिक सञ्जालमा घोषणा गरे – ‘ जनकपुर उप–महानगर पालिकाको मेयरमा उम्मेदवार हुदैछु । ’ पोष्ट सार्वजनिक भएको एक घन्टा नबित्दै ७८४ कमेन्ट र १ हजार ५ सयभन्दा अधिक लाईक पाई सकेको थियो । सम्भवत : ७८० औं कमेन्ट मेरो थियो । अधिकांशले पढे–लेखेका,दुनिया घुमेका, दूरदृष्टि भएका युवक मेयर बन्नु पर्दछ भन्ने शुभकामना दिएका थिए । केहीले भने कटाक्षपनि गरेका थिए । मनिषको उम्मेदवारी चियो चर्चाको विषय पनि बन्यो । चियो चर्चाको क्रममा युवा साहित्यकार नित्यानन्द मण्डलले भेऊ खोले – मनिष सबैलाई अप्रिल फूल बनाएको छ ।

वास्तविकता के हो उनी स्वयंलाई थाहा होला । मनिष,सुशील, राकेश,सरोज, गायत्री,अमृताजस्ता युवा युवती राजनीतिमा आउनु आशलाग्दो विषय हो । युवा हस्तक्षेप नभएकै कारण मुलुकको राजनीति सहि दिसामा अघि बढ्न नसकेको अडकल लगाईदै आएको छ । आन्दोलन गर्ने युवा । सहादत दिने युवा । अनि सत्ताको शिखरमा बसेर मौज गर्ने अरु ? पारम्परिक वा पुस्तैनी विरासतको रुपमा राजनीतिकर्ममा रमाउनेहरुलाई नयाँ पुस्ताले चुनौती दिनु पर्दछ भन्ने मेरो व्यक्तिगत धारणा छ । राजनीतिकर्मका पारम्परिक विधि विधान तथा भाष्य बदलिनु पर्दछ अनि विकास निर्माणका पारम्परिक विम्व पनि बदलिनु पर्दछ । यसका लागी युवा नेतृत्व जरुरी छ । अप्रिल फूलबाट सुरु भएको विषयवस्तु अर्कै मोड लियो जस्तो लाग्यो । पुन ः मूल विषयमा फर्कौ । अर्थात् अप्रिल फूलको ऐतिहासिकतामाथि कुरा गरौं । प्राप्त श्रोत सामग्रीहरुलाई केलाउने हो भन्ने अंग्रेजी साहित्यकार ज्योफ्री चौसरको कैंटरवरी टेल्स ( १३९२ ) नामक कथासंग्रहमा पहिलो पटक अप्रिल फूल वा भनौ मूर्ख दिवसको चर्चा पाईन्छ । कथा रोचक छ । त्यसैले त एउटा साहित्यकारले ९ सय वर्ष पूर्व गढेको एउटा कथा दुनियालाई आज पनि मूर्ख मनाउदैछ । दुनियालाई मूर्ख दिवसको उपहार दिएको छ ।

वसन्त ऋतुमा मनाईने यस पर्वमाथि मिथिलाञ्चलको फागु पर्वको प्रभाव पनि प्रष्टै देखिन्छ । कारण मूर्ख दिवस आउनु भन्दा दुई साता अघिनै हामीले मूर्ख महामूर्खको तक्मा बाडिई सकेका छौं । चौसरद्वारा लिखित ‘ केंटरबरी टेल्स’ नामक कथासंग्रहमा १३ औं शताब्दी ताकाका इंग्लैंडका राजा रिचर्ड द्वितीय र बोहेमियाकी राजकुमारी ऐनी बीचको विहेको लागी ३२ मार्च को तिथि निर्धारित गरिएको थियो । कैलेण्डरमा हुदै नभएको तारेखको दिन विहेको तिथि घोषणा गरिएपनि राजपरिवारका सदस्य भएको कारण यसमाथि कसैले अविश्वास गरेनन् । सबैले विश्वास गरेर उत्सव मनाए । त्यसैदिनदेखि ३२ मार्च वास्तवमा १ अप्रिलको दिनलाई अप्रिल फूल वा मूर्ख दिवसको रुपमा मनाउन थालियो । हुदै नभएको मिति घोषणामाथि विश्वास गरेपछि वैश्विक रुपमा अप्रिल फूल दिवस मनाईन्छ भन्ने नेपालमा बाह्रै महिना अप्रिलफूल दिवस मनाउनु पर्ने हो । अलि विचार गरौं । चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादै छन् । हिजोसम्म प्रधानमन्त्रीको भारतभ्रमणलाई राजकीय भ्रमण भनिएको थियो । आज सद्भावना भ्रमण भनिएको छ । प्रचारप्रसार गरे भन्दा बेग्लै हुनु भनेको मूर्ख बनाउनु हो कि होईन ? भनिन्छ – प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी १९ गते संयुक्त रुपमा जयनगर–कूर्था रेल सेवाको उद्घाटन गर्नु हुनेछ । अलिकति पछि फर्केर हेरौ – जनकपुर रेल्वे उद्घाटनको लागी नेपाल सरकारका मन्त्री,जन्त्रीदेखि रेल्वे कम्पनीका महामप्रवन्धकसम्मले गत तीन वर्षमा कतिवटा मिति घोषणा गर्नु भएको छ ?

पटक पटक मिति घोषणा गर्नु अनि काम नहुनु भनेको मूर्ख बनाउनु हो कि होईन ? हो भन्ने हामी त बाह्रै महिना अप्रिल फूल दिवस मनाउने मनुवा भई हाल्यौ नि ? स्थानीय तहको निर्वाधनको तिथि घोषणा भई सकेको छ । वैशाख ३० गते निर्वाचन हुदैछ । निर्वाचनलाई शान्तिपूर्ण तथा स्वक्षतापूर्वक सम्पन्न गराउन निर्वाचन आयोगले आचार संघीता लागू गरेको छ । महानगर पालिका, उपमहानगर पालिका,नगर पालिका र गाउँ पालिकाका उम्मेदवार हरुका लागी साढे ७ देखि ५ लाखसम्म खर्च गर्ने सिमा तोकेको छ । हामीसबैले देखे भोगेका हौं – स्थानीय तहका वडाध्यक्षका उम्मेदवारसमेत ७ लाखभन्दा अधिक खर्च गर्छन । पहिले टिकट लिन पैसा खर्चिनु पर्ने , टिकट लिई सकेपछि कार्यकर्ता परिचालन, भोजभतेर, पर्चा पम्पलेट, सभा सेमिनार अनि अन्त्यमा मतदाता रिझाउन नगदीसमेत खर्चिनु पर्ने अवस्था छ । यस ओपन सत्यलाई निर्वाचन आयोगले बुझेको छैन कि सरकारले बुझेको छैन वा राजनीतिक दलहरुले बुझेका छैनन् ? यसरी सबैले बुझ्दा बुझ्दै पनि खर्चको सीमा तोक्नु अप्रिल फूल बनाउनु भन्दा अरु के हुन सक्छ ?

समग्रमा भनौं भने वैश्विक पर्वको रुपमा स्थापित मूर्ख दिवस दुनियाका लागी वर्षमा एक पटक आएपनि नेपाली जनता भने यो पर्व वर्षभरि नै मनाईरहन्छन् । जे भएपनि मूर्ख दिवसको हार्दिक शुभकामना ।

Comment


Related News

Latest News

Trending News