मुलककै प्रमुख प्रवेश नाका शंकराचार्य क्षेत्रको अवस्था चिन्ताको विषय बन्दै गएको छ । सो प्रवेश नाकामा धुलो र ठुल–ठूला खाडल र दुर्गन्धित अवस्थाले चिन्ताको विषय ल बनेको हो ।
यसलाई व्यवस्थित बनाउनका लागि सम्बन्धित सबै तहका नेता तथा जनप्रतिनिधिहरु पुगेर वाचा गर्दै सेल्फी खिचाए पनि अवस्थामा खासै सुधार आएको छैन । संघीय सरकारसंग मिलेर शंकराचार्यद्धारलाई मुलुककै उत्कृष्ट सेल्फी स्पटको रुपमा बनाउने वीरगञ्ज महानगरपालिकाले घोषण गरेपनि अवस्थामा खासै परिवर्तन देखिएको छैन । भारतीय सीमावर्ती रक्सौल शहरबाट छिर्ने बित्तिक्कै मितेरी पुल देखि रजत जयन्ति चोकसम्मको डेढ किलोमीटर बाटोको सडक जीर्ण बनेको छ भने पैदल हिँड्न समेत समस्या हुने गरेको सर्वसाधारणहरुको गुनासो छ । सडकको दुरावस्थाका कारण आवागमनमा चरम सास्ती र दिनहँु दुर्घटना हुने गरेको छ ।भारतबाट आएका कतिपय पर्यटकहरुको टोली नेपाल प्रवेश नगर्दै टेम्पु र इ रिक्साबाट लडेर घाइते हुने गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत सडक विभागको अधिकार क्षेत्रमा पर्ने यो सडक मर्मतका लागि हालै लगाइएको ठेक्का समेत यति बेला अलपत्र परेको छ । ठेकेदार कम्पनीहरूको स्वार्थको चेपुवामा परेकोले यो वर्ष पनि मर्मत हुन नसक्ने सम्भावना बढेको छ ।
व्यापारिक मार्ग आयोजना पथलैयाले ३ महिनामा सम्पन्न हुने गरी समा कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँमा मर्मत (कालोपत्रे) को ठेक्का दिएकोमा २ महिना बिति सक्न लाग्दा पनि ठेकेदारले काम सुरु गरेको छैन । सगरमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले सर्वोच्च अदालतमा फागुन १३ गते रिट हालेपछि यो निर्माण योजना अलपत्रमा परेको हो । इ–बिडिङ गर्दा समालाई ठेक्का परेपछि प्रतिस्पर्धामा नआएको सगरमाथा कम्पनीका संचालकको नाममा महर्जनले मिलेमतोको आरोप लगाउँदै सर्वोच्चमा पुगेका हुन् । सगरमाथाको नामले अदालतमा मुद्दा गर्ने महर्जन सरकारद्धारा ब्ल्याकलिस्टमा पारिएको पप्पु कन्स्ट्रक्सनका कर्मचारी रहेको सडक विभागका एक कर्मचारीको दाबी छ । सर्वोच्चले ठेक्का यथा स्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मनीषकुमार साहले बताए । ‘सडकखण्डको १ दशमलव ३ किलोमिटर कालोपत्रे सर्वोच्चको आदेशपछि रोकिएको हो’ प्रमुख साहले भने । आयोजनाले गत पुस ५ मा सडक मर्मतका लागि ३० दिनको समय राखेर ठेक्का आह्वान गरेको थियो । सो समय भित्र बिड नगरेका कम्पनीहरु समालाई ठेक्का परेको थाहा पाएपछि आयोजना कार्यालय, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हाल्न पुगेका थिए । मध्य तराइमा जसरी पनि ठेक्का लिने , काम नगर्ने अरु कम्पनिले ठेक्का पाए पछि जसरी पनि अर्घेलो थप्ने कार्यमा प्रख्यात रहेको पप्पु कन्ट्रक्सनको पुरानै बानी भएको कर्मचारीको आरोप छ ।
समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलम भने आफू काम अघि बढाउन तयार रहेको र निर्माण सामग्री समेत कार्यस्थलमा पु¥याइसकेको बताए । उनले भने,काम गर्न पाए १ महिनामै म यो पूरा गरि हाल्छु ,।सबै सामग्री साइटमा अलपत्र परेकोले आफूलाई नोक्सान मात्रै भएको उनको भनाइ थियो । आयोजना र समाबीच फागुन २५ मा समा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । इबिडङमार्फत पारदर्शी रुपमा ठेक्का भएकाले कुनै प्रकारको मिलेमतो नभएको कार्यालय प्रमुख साहको दाबी छ । अबको एक महिनापछि वर्षा याम सुरु हुने भएकाले सर्वोच्चमा विचाराधीन रहेको मुद्दा लम्बिए यो वर्ष काम नहुने सम्भावना बढेको छ । अदालतले यही चैत २१ गतेका लागि पेशी तोकेको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA



