२०७८ चैत्र २०, आईतवार ०९:०३

गौर । नेपाली कांगेसका नेता एवम् राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिने भनेपछि कांग्रेसबाट निर्वाचित प्रमुख अख्तरले पार्टी परित्याग गरी नेकपा एमालेबाट चुनाव लड्ने घोषणा गरेका छन् । ब म काण्डको मुख्य योजनाकारको आरोपमा कारागारमा रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमका परिवारवाद सोंचको कारण कांग्रेस पार्टी परित्याग गर्ने अवस्थामा पुगेको मेयर अख्तरले बताए । बाबु पनि कांग्रेसमा जीवन उत्सर्ग गरेको बताउँदै नगरप्रमुख अख्तरले आफु पनि सांसद आलमको लागि धेरै योगदान गरेको जिकिर गरे । उनले भने आफ्नो पारिवारिक पार्टीको रुपमा सांसद आलमले कांग्रेसलाई लिएकोले राजपुरबाट आगामी दिनमा कांग्रेसलाई ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी समेत दिए । निर्वाचनको समय नजिक आउन लाग्दा विभिन्न पदका आकांक्षीहरुले टिकटको प्रलोभनमा धमाधम पार्टी परिवर्तन गर्ने गरेको देखिएको छ ।

नयाँ आउने नेतालाई पार्टीले उम्मेदवार बनाउँदा पुरानो कार्यकर्ता नैराश्य हुने र पार्टीका उम्मेदवार सित अन्तर्घात गर्न सक्ने सम्भावना बढी रहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News