२०७८ चैत्र २०, आईतवार ११:०८
निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिने भएको छ ।
आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।
आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल गर्न दलहरूलाई चैत २२ गते बोलाएको छ ।



