दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा जयनगर, जनकपुर, कुर्था रेलसेवाको उद्घाटन गरेका छन् । बहुप्रतिक्षित यस रेलसेवाको परिचालनबाट मधेश प्रदेशका राजधानी जनकपुरसहित यस क्षेत्रका र दुवै देशका जनताले सहज रुपमा यातायात सुविधाको लाभ उठाउन सक्नेछन् ।
भारत सरकारको आर्थिक सहयोगमा सीमावर्ति जयनगर देखि जनकपुर हुदै कुर्थासम्म ब्रोडगेज रेल्वे लिंक तयार भएको ३ वर्ष वितिसकेको थियो । नेपाल सरकारले ८५ करोड रुपैयामा खरिद गरेको दुई सेट रेल पनि धनुषको इनरुवा स्टेसनमा पार्क गरेर राखिएको एक वर्ष भन्दा बढी भईसकेको थियो । नेपाल रेलवेको सन्चालनले जनकपुर व्यपारी केन्द्र बन्ने, यसवाट रोजगारी बढने, पर्यटकको संख्यामा वृद्धि आउने र नेपाल, भारतीय रेल सन्चालनमा जोडिने भएको छ । पूर्व–पश्चिम रेलमार्गको निर्माणको कुरा भईरहेको छ, प्रकृया पनि बढिसकेको देखिन्छ । केरुङ्ग–काठमाण्डौ– पोखरा तथा रक्सौल–काठमाण्डौ रेलमार्ग निर्माणको कुरा भईरहेको छ । केरुङ काठमाण्डौं धेरै महंगो पर्नेछ जबकि पूर्व–पश्चिम रेलमार्ग भौगोलिक रुपले पनि सम्भव देखिन्छ । नेपाल पनि रेलसेनाको इतिहास पुरानो नै छ तर यसले न त व्यापकता लिन ससक्यो न त निरन्तरता नै पाउन सक्यो । नेपालको निम्न रेलसेना उपयोगी सावित हुन सक्दछ तर यस दिशामा सतत प्रचार आवश्यक छ । विगतका दिनमा यस दिशामा केही सकारात्मक उपलब्धि पनि भएका छन् । खासगरिकन माल समानको ढुवानीमा यसको भूमिका झन उपयोगी सावित हुने गर्दछ । भारत सरकारको सहयोगमा वीरगंजको श्रीसिया स्थित सुँखा बनदरगाह सन्चालन भएपश्चात नेपाललाई भारतसितको दुईपक्षीय व्यापारमा सुविधाहरु सहज मात्रै भएको छैन अपितु भारतको बन्दरगाहबाट तेस्रो देशको माल समानको ढुवानीमा समेत सहजता भईरहेको छ । सुक्खा बन्दरगाहको सन्चालन नेपालको निम्ति लाभदायिक सावित भईरहेको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमा पार रेलमार्गलाई गत महिना नै एक समारोहमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्था सम्मको ३४.९ किलोमिटर न्यारोगेज खण्डलाई ब्रोडगेजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भईसकेको छ । भारत सरकाको आर्थिक सहयोग अन्तरगात ने.रु ८.७७ अर्ब रुपैयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर– बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारोगेज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन्, जसमा जनकपुरको एतिहासिक एवं धार्मिक महत्वको शहर पनि सामेल छ । यो भारत र नेपालबीचको पहिलो ब्रोडगेज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीत व्यापार र बाणिज्य गतिबिधिहरुलाई थप बढावा दिनुका सार्थ जनता बीचको सम्बन्धलाई अझ सुदृढ पार्नेछ । सीमापार रेल सन्चालन भारत –नोपल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर– बिजलपुर–बर्दिवास रेलमार्ग र १८.६ बिलोमिटर जोगबनी–बिराटनगर रेलमार्ग समाबिस्ट छन् । यी दुवै रेलमार्गा भारत सरकारको आर्थिक सहायता अन्तरगत निर्माण भएका छन् । भारतको जयनगरबाट जनकपुर हुदै बर्दिवाससम्मको ६९ बिलोमिटर मध्ये ५१ किलोमिटर मा सवै निर्माण कार्य सम्पन्न भएर रेल डिब्बा र इन्जिन पनि खरिद भई नेपाल ल्याई सकिएको थियो ।
नेपालमा चर्चामा रहेका रेलमार्ग निमार्ण खण्डहरुमा ९४३ किलोमिटर पुर्व–पश्चिम रेलमार्ग, काठमाण्डौ– केरुङ ७२ किलोमिटर रेलमार्ग, काठमान्डौ–वीरगंज र काठमाण्डौ–पोखरा १८७ किलोमिटर रेलमार्ग रहेको छ । पूर्व –पश्चिम रेलमार्ग अन्तरगत विभिन्न खण्ड कायम गरी निर्माण कार्य थालिनेछ । जस अन्तरगत काकडभिट्टा–इनरवा १२६.७६३ किलोमिटर, इनरवा– बर्दिवास १३९.४२५ किलोमिटर, बर्दिवास–सिमरा १३६.४ किलोमिटर, सिमरा–तामासरिया १२७.० ९ किलोमिटर, तामासरिया–बुटवल १०७.८२४ किलोमिटर, बुटबल–लमही १०५.९४ किलोमिटर, लमही–कोहलपुर ११३.७ किलोमिटर, कोहलपुर–सुख्खड ९४.१ किलोमिटर र सुख्खण्ड– गढाचौकी ८९.०९ किलोमिटर रहेको छ । उक्त रेल खण्डहरुको निर्माण सम्पन्न भएमा नेपालीहरुको यातायात अझ बढी सुविधाजनक, छिटो छरितो र भरपर्दो हुनुका साथै देशको राजस्वमा समेत बृद्धि हुने निश्चित छ । करिब ९ महिना अघि भारत र नेपालले भारत–नेपाल रेलसेवा सम्झौता २००४ का लागी आदान प्रदान पत्रमा हस्ताक्षर गरिसकेको छ । दुई देशमा सरकारबीच कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको आदान प्रदानपत्र साटासाट पनि गरेका थिए ।कोभिड–१९ का कारण भर्चुअल समारोहबीच भएको सो हस्ताक्षरमा दुबै देशका राजदूतहरुको पनि उपस्थित रहेको थियो । लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएसँगै सार्वजनिक तथा निजी कन्टेनरसन्चालक, मोटर गाडी, माल रेल सन्चालक र विशेषगरी मालसामान रेल सन्चालन वा भारतीय रेलवेले स्वीकृत गरेका अन्य मालढुवानी सन्चालकलागत सवै अधिकार प्राप्त कार्गो रेल सन्चालकले नेपाल आउने कन्टेनर र भरात नेपालबीच ओसारपसार हुने मालसमान र तेस्रो मुलुकबाट आएको सामानहरु बन्दरगाहवाट नेपाल सम्म ल्याउन भारतको रेल मार्ग सन्चालनको प्रयोग गर्न पाइनेछ ।
यो नयाँ प्रवधानले नेपालको बजार शक्तिको पहुचलाई बिस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवं मूल्य प्रतिस्पर्धामा बृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्तलाई लाभान्वित तुल्याइनेछ । अझ यस सम्झौता पश्चात भारतको रेल सन्चालनमा हुने सबै किसिमका मालबाहक रेलवे भारत र नेपालबीच माल सामान ओसार पसार गर्नेछ । यसले विशेष प्रकारका माल डिब्बामा बोकिने मोटर गाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउने छ । यस मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका माल डिब्बाहरुले भारतीय रेल सन्चालनमा कोलकोता, हर्दिया देखि विराटनगर र वीरगंज रुटहरुमा नेपाल आउने मालसमान बोक्न पाउने छन् । परोक्त सम्झौताले भारत नेपाल रेल सम्भौतामा अन्य थुप्रै पक्ष अधावधि गर्नुका साथै भारतीय र नेपाली रेलवेको परिचालन र पूर्वाधार सम्बन्धि नयाँ पक्षलाई समेटनेछ । भारत सरकाको छिमेकी पहिलको नया नीति अन्तरगत क्षेत्रीय कनेस्टिधिटी विस्तार गर्ने भारतको थुप्रै प्रयास मध्येको यो पनि एउटा प्रयास नै हो । भारत सरकारकै सहयोगमा विगतमा सन्चालनमा रहेको रक्सौल–अमलेखगन्ज रेलसेवा बन्द भएको दशकौ भइसकेको छ । छिमेकी राष्ट्रवा विदेशीले गरेको सहयोगलाई थप गर्ने, विस्तार गर्ने जस्ता रचनात्मक र सम्बन्ध विकसित गर्ने हिसावले विगतमा अपेक्षित प्रयास र कार्य हुन सकेन । विदेशीले सहयोग गर्ने, त्यसको सन्चालन गर्ने तर हाम्रो सरकारले त्यसको समूचित हेरचाह पनि नगर्ने आदि बिसंगतिहरुका कारण रेल्वेको यथोचित विकास हुन सकेन । जयनग– जनकपुर कुर्था रेलसेवा उद्घाटन र सन्चालनबाट अब नेपालमा पनि रेलसेवाको बिस्तार हुने र यसबाट देशको यातायात तथा व्यापार क्षेत्रमा समेत लाभ हुने अपेक्षा गरिन्छ ।


