अपडेट 
२०७८ चैत्र २१, सोमबार ०८:३०

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए।

तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ। यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो। आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए।

मन्त्रीहरूको राजीनामाका विषयमा प्रधानमन्त्री राजापाक्षेले सोमबार राष्ट्रपतिसँग छलफल गर्दैछन्। यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन्। आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो।

Comment


Related News

Latest News

Trending News