२०७८ चैत्र २१, सोमबार १९:०६

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयले विदेश सचिवमा नियुक्त गरेको छ । उनले आगामी मे १ देखि कार्यभार सम्हाल्ने छन् । हालका विदेश सचिव हर्शबर्द्धन शृंगलाले अप्रिल अन्तिममा अनिवार्य अवकास पाउने भएपछि क्‍वात्रालाई नरेन्द्र मोदी नेतृत्वको सरकारले सो जिम्मेवारी दिएको हो।

क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन् ।

Comment

Related News

Latest News

Trending News