२०७८ चैत्र २२, मंगलवार ०७:३७

राजविराजको एक सामुदायिक विद्यालयले विद्यालयको आय व्यय सार्वजनिक गरेको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयले सोमबार दाताहरुको नामावली भएको शिलालेखको अनावरण तथा सम्मान कार्यक्रमको आयोजना गरी आय व्यय सार्वजनिक गर्नुका साथै जग्गा दाता परिवारलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमको आयोजना गरी आय व्यय सार्वजनिक गर्ने सम्भवतः यो जिल्लाकै पहिलो विद्यालयको रुपमा रहेको छ । कार्यक्रममा विद्यालयका लेखापाल बब्बन कुमार मिश्रद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को फागुन मसान्त सम्मको अवधिमा उक्त विद्यालयले विभिन्न दातृ निकाय, कार्यालय, संघ, संस्था, व्यक्ति र शुल्क वापत २ करोड ४९ लाख ७२ हजार एक सय २४ रुपैयाँ आम्दानी गरेको छ । उक्त अवधिमा शिक्षक र कमर्चारीको तलब तथा विभिन्न शैक्षिक गतिविधिमा भएको खर्च घटाएर ८६ लाख ९ हजार ५ सय ६५ रुपैयाँ कोषमा बचत मौज्दात रहेको लेखापाल मिश्रद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ । एउटा सामुदायिक विद्यालयले खर्च घटाएर वर्षभरिमा यति रकम विद्यालय कोषमा बचत गरेर देखाउनु पनि ठूलो उपलब्धी भएको कार्यक्रका सहभागीहरुले बताए । दाताहरुको सहयोगको सदुपयोग गर्दे विद्यालयको शैक्षिक गतिविधिलाई अब्बल बनाउनुका साथै विद्यालय कोषमा उत्साहजनक रकम वृद्धि गर्न सफल भएकोमा विद्यालयका प्रधानाध्यापक अरुण कुमार झालाई धन्यवाद र बधाई दिँदै कार्यक्रमका दातामध्येका एक समरजित सिंहले भने,‘विद्यालयको अहिलेको अवस्था हेर्दा हामी दाता परिवार निकै उत्साहित भएका छांै ।’ उनले सहयोगको सदुपयोग हुँदा दाताहरुको पनि मनोबल बढेको र यसले भविष्यमा थप सहयोग ल्याउन बाटो फराकिलो बनाएको जिकिर गरे ।

कार्यक्रमा दाताहरुको नामावली लेखिएको शिलालेख अनावरणपछि संस्थापक दाता स्व. विन्देश्वरी प्रसाद सिंह, स्व. रामदयाल मुन्धढा, स्व. डम्बर नारायण चौधरी, स्व. गोपीकृष्ण काबरा, स्व. उमाकान्त लाल दास, स्व. हरिनन्दन प्रसाद सिंह, स्व. गोबिन्द राम रुंगटा, स्व. कपलेश्वर झा र स्व. कुशेश्वर झाका परिवारलाई सम्मान गरिएको थियो । प ्र ध ा न ा ध् य ा प क झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उप्पप्रमुख शाधना झा, पूर्व नगरप्रमुख गोबिन्द सिंह, पूर्व प्रअ जितेन्द्र देव, हरिनरायण देव, मीना ठाकुर लगायतले शुभकामना मनतव्य राखेका थिए । १ हजार ६ सय विद्यार्थी रहेको उक्त विद्यालयले कक्षा १२ सम्मको पढाइका साथै दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालन गर्दे आएको छ ।

Comment


Related News