तत्कालीन संघीय सद् भावना पार्टीबाट निर्वाचित रौतहट जिल्लाको राजदेवी नगरपालिका–८ का वडा अध्यक्ष शंकर राय यादव पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसबाट २०५४ सालमा निर्वाचित भएका यादवले संघीय सदभावना पार्टी हुँदै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल पार्टीमा आएर २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले भाग लिएका थिए । मौसम अनुसार परिवर्तन हँुदै आएका वडा अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आर्थिक रुपमा सहयोग गर्ने अवस्था नदेखिँदा चुनावमा बढी रकम पाउने पार्टी पुरानो घर नेपाली कांग्रेसमा फर्किएका हुन् । सधँै पदको स्वार्थ राख्ने र उम्मेदवारी दिन अनुमति दिने पार्टी रोज्दै आउने यादवलाई यसपालिको निर्वाचनमा स्थानीयहरुले सहयोग नगर्ने चियो चर्चोको विषय बनेको छ । निर्वाचित भएका पार्टीलाई छोडेर नेपाली कांग्रेस पार्टीमा गएका वडा अध्यक्ष यादवले कांग्रेसले वडा अध्यक्षमा उम्मेदवार नबनाए अर्को पार्टी रोज्न सकिने भनि टिप्पणी समेत हुने गरेको छ ।
राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहको दवावमा पार्टी परित्याग गरेका यादवलाई गएको निर्वाचन जस्तो गाउंलेहरु सहयोग नगर्ने सम्भावना देखिएको छ । स्थानीयहरुको भनाइ अनुसार पटक पटक पार्टी परित्याग गर्नेलाई यस पालि पराजित गराउने योजना रहेको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

