२०७८ चैत्र २२, मंगलवार ०७:४५

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छिन् । सोमबार उनीसंगै माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमालेमा प्रवेश गरेका छन् ।

उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा निर्वाचित भएकी उपमेयर यादवलाई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच पार्टी प्रवेश गराएका हुन् । यादवले गत निर्वाचनमा माओवादी केन्द्रको तर्फ चुनाव लड्दै २हजार ६ सय १० मत ल्याइ विजयी भएकी थिइन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टीका निशा मोक्तानलाई १ सय २४ मतले पराजित गर्दै विजयी भएकी थिइन् । यादव नेकपामा प्रवेश गरेपछि माओवादी केन्द्र त्यो पालिकामा कमजोर भएको बताइएको छ । हुन त नेकपा माअ‍ोवादी केन्द्रबाट मेयरमा दुर्गा बहादुर मल्ल ठकुरी अहिले पनि पार्टी मै भए पनि यादवको पकड भने स्थानीयस्तरमा बलियो मानिन्छ । यादवको सो पालिकामा यादव लगायत अन्य मतदाताहरु पनि बढी रुचाएको कारण विगत केही महिनादेखि नेकपा एमालेका शीर्षस्थ नेताहरु पार्टीमा प्रवेश गराउन यादवको सम्पर्कमा थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News