जनकपुरधाम । नियमित सञ्चालनमा आएको नेपाल रेल्वे सेवामा पहिलो दिन १ हजार ५ सय यात्रुहरुले यात्रा गरेका छन् ।
आइतबार पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिएका छन् । पहिलो दिन यात्रुबाट भाडा स्वरुप ८० हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ । रेल सेवा सञ्चालनको लागि कम्तीमा दैनिक २ लाख रुपैयाँ आम्दानी हुनु पर्ने बताउंदै महाप्रवन्धक झाले यो भन्दा कम भए घाटा हुने बताए । अहिले जयनगरदेखि कुर्था तथा कुर्था देखि जयनगरसम्म दैनिक दुईपटक ओहरदोहर गर्ने गरी रेल सञ्चालनमा छ । पहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालनमा छ । ज न क प ु र ध ा म द े िख जयनगरसम्मको रेलको भाडा सामान्य टिकट ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ तोकिएको छ । रेल दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको बताइएको छ ।
जयनगरबाट बिहान साढे आठ बजे र दिउँसो ३ बजे छुट्नेछ भने कुर्थाबाट बिहान साढे १० र साँझ सावा पाँच बजे रेल छुट्नेछ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8



