अपडेट 
२०७८ चैत्र २२, मंगलवार ११:१०

इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ ।

बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डाेनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डाेनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको सीएनएनले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News