२०७८ चैत्र २३, बुधबार ०७:४२

बाराको पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको तीन दिने पर्यटन र विकास सम्बन्धी अनुसन्धनात्मक पत्रकारिता तालिम सम्पन्न भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा आयोजना गरिएको तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा जीतपुर सिमराका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले पत्रकारहरुले सत्य र तथ्यको आधारमा समाचार लेख्नुपर्नेमा जोड दिए । केही सञ्चार माध्यमले राम्रो कामलाई भन्दा नराम्रो कामलाई बढी प्राथमिकतामा राखेको प्रति आपत्ति जनाए । पत्रकारहरुले नराम्रोको साथसाथै राम्रो विकास ,निर्माणका घट्नालाई पनि बाहिर ल्याईदिनुपर्नेमा उनले जोड दिए । पत्रकारिता पेशालाई आफु सधै सम्मान गर्ने र सम्मान जनक पेशाको रुपमा हेर्ने गरेकाले यसको विकासको लागि उपमहानगरपालिकाको तर्फबाट आफु कटिबद्ध रहेको बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक झाले दक्ष पत्रकारलाई जीवनयापन गर्ने प्रशस्त आधारहरु भएको बताए ।

उनले नेपालका चर्चित सञ्चार गृहहरुले अहिले पनि दक्ष पत्रकारहरुको खोजी गरिरहेकाले , पत्रकारहरुले आफनो पेशालाई लिएर सशंकित हुने अवस्था नरहेको प्रष्ट पारे । पत्रकारहरुले आफनो विचार र भावनाभन्दा प्रमाण र स्रोतले पृष्टि हुने समाचार लेख्नुपर्ने आवश्यकतामा समेत उनले जोड दिए ।

Comment


Related News

Latest News

Trending News