धनुषाको लक्ष्मीनिया गाउंपालिकामा जनता समाजवादी पार्टीको समायोजन सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्यका प्रत्याशी महाजन यादवको प्रमुख आतिथ्य तथा लालबाबु यादवको सक्रियतामा सम्पन्न सो समायोजनमा तत्कालीन राजपा र संघीय समाजवादी फोरम नेपाल एक भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालको समायोजन सम्पन्न भएको हो । पार्टीको आफ्ना प्रक्रियाहरु पूरा नगर्दै विभाजन भएको जसपाले विभिन्न पालिका तथा क्षेत्रहरुमा अहिले पनि समायोजनको प्रक्रियालाई जारी राखेका छन् । पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेतृत्वलाई जसपा र महन्थ ठाकुरले नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए । तर, निर्वाचन आयोगले जसपामा बस्ने जसपामा र लोसपामा बस्ने लोसपामा जान सक्ने भनेपछि जसपामा बस्नेहरुको समायोजन गरिएको मधेश प्रदेशका उपाध्यक्ष शेषनारायण यादवले जानकारी दिए ।
उनले जसपामाथि मधेशी जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको र आगामी दिनमा थप मजबुतीका साथ आगाडि आउने उनले विश्वास व्यक्त गरेका थिए । जनताको झुकाव जसपा प्रति रहेको भन्दै उपाध्यक्ष यादवले आगामी निर्वाचनमा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा जसपा एक नम्बरको पार्टी रहने दाबी गरेका थिए । धनुषा निर्वाचन क्षेत्र नं. ४ को हर्दिनाथ धानवाली बनिनियामा आयोजना गरिएको सो समायोजन कार्यक्रममा उनले यस क्षेत्रवाट गैर मधेशी दललाई जिताएर जनता पछुतो गरि रहेको गुनासो आपूmहरु निर आएको उनले जानकारी दिए । उनले आगामी निर्वाचनमा स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभामा जसपालाई विजयी बनाउनकालागि जनता तयार रहेको र अबको दिनमा छल कपटगर्नेहरुबाट नठगिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउंपालिकाका अध्यक्ष पदका भावी उम्मेदवार डा. शत्रुधन यादवले विवेकको आधारमा प्रयोग गरीण् आफ्नो मताधिकार प्रयोग गर्नकालागि जनसमुदाय संग आग्रह गरेका थिए ।

