अपडेट 
२०७८ चैत्र २३, बुधबार ०८:५३

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।

निगम संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक( मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य पनि २५ रुपैयाँले वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै प्रतिसिलण्डिर ग्याँस १६ सय रुपैयाँ कायम भएको छ । बढेको मूल्य मंगलवार मध्यरात १२ बजेबाट कार्यान्वयनमा आएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8&t=14s

Comment


Related News

Latest News

Trending News