२०७८ चैत्र २३, बुधबार ०९:३७

मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारतमा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिनु भएको छ ।

भारत सरकारको जल शक्ति मन्त्रालय ,सरकारी टेल।कम या जल जीवन मिसन को संयुक्त तत्वधान मा आयोजित जल प्रहरी सम्मान समारोहमा यादव सम्मानित भएका थिए ।

विगत ४ वर्ष देखी कमलानदी सफाई लगायतको कार्यमा सक्रिय यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफनै निवासमा गम्छा ओढाई बधाई दिनु भएको हो ।

मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुनु हुन्छ । मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने प्रतिबद्धता समेत उहाँले जनाउनु भएको छ ।

Comment


Related News

Latest News

Trending News