२०७८ चैत्र २४, बिहीबार ०७:१२

नेपाली कांग्रेस धनुषामा ६ जनालाई सदस्यमा मनोनित गरिएको छ ।

नेपाली कांग्रेसको विधान अनुसार सभापतिले कोषाध्यक्ष र सदस्य मनोनित गर्ने प्रावधान अनुसार धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले राम उदय यादव, राजकिशोर सिंह, सुधिर कुमार गोइत, राजकुमार साह, रामबाबु यादव र चन्द्रदेव यादवलाई नेकांको जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरिएको कार्यालय सचिव इन्द्रेश झाले जानकारी दिएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १२ को उपधारा ५ (ख) (२) बमोजिम उनीहरुलाई मनोनित गरिएको हो । वितेको फागुन महिनामा सम्पन्न जिल्ला अधिवेशनवाट पञ्जियार सभापतिमा विजयी भएका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News