२०७८ चैत्र २४, बिहीबार ०७:१५

धनुषा जिल्लाबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५मा रहेको भलुवाहाका २३ वर्षीय पंकज कुमार गुरमैता रहेका छन् । गुरमैताको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागु औषध फेला परेको प्रहरीले जनाएको छ । मंगलबार अबेर राती धनुषाको जनकनन्दनी गाउंपालिका– २ बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटेको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकल सहित लागू औषध बरामद गरिएको जनाइएको छ । उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जनाइएको छ ।
गुरमैतामाथि थप अनुसन्धान भइरहेको तथा लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही गरिने सूचना अधिकारी बस्नेतले बताए ।

Comment


Related News

Latest News

Trending News