२०७८ चैत्र २४, बिहीबार ०७:२१
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् ।
कम्पनीद्वारा वुधबार आयोजित एक समारोहबीच अध्यक्ष संघईले पदभार ग्रहण गर्दै सपथ ग्रहण गरेका हुन् । कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा उनले सपथ ग्रहण गर्दै ईमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम अध्यक्ष संघईलाई सपथ ग्रहण गराएको जानकारी कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी दिएको छ ।

