२०७८ चैत्र २४, बिहीबार ०७:२४

राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा एक नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।
बुधबार उपचारका लागि भर्ना भएकी सप्तरीको बोदेबरसाइन नगरपालिका–७ की २९ वर्षीया पुनिता यादवकी नवजात शिशु (छोरा) को मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालमा होहल्ला गरेपछि दिनभरि अस्पताल परिसर तनाव ग्रस्त बनेको थियो । आफन्तले उक्त घटनाको छानबिन र दोषी चिकित्सकमाथि कारवाहीको माग गर्दै लगातार प्रदर्शनमा उत्रिएपछि सुरक्षाका लागि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अ ा प m न् त ज न ल े अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै उनीमाथि कारवाहीको माग गरेका छन् ।
गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका–७ हैठीकी २९ वर्षीया यादव मेसु डा.साहकै प्राइभेट क्लिनिक ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ मा जाँच गराउँदै आएकी थिइन् । बुधबार व्यथा लागेपछि पुनितालाई प्रसूती गराउन उनकै सल्लाहमा बिहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
तर, उपचारका क्रममा चिकित्सकले लापरवाही गर्दा नवजात शिशुको मृत्यु भएको मृतककी आमा पुनिताका देवर निरजले बताए । मेसु डा.साहकै सल्लाह अनुसार गर्भवती भाउजुलाई जाँचहरु गराउँदै आएता पनि सफल प्रसुती गराउने तर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो दुःखद घटना भएको निरजको भनाई छ ।‘मेसु डा. साहले आफ्नो प्राइभेट क्लिनिकमा यतिका पैसा खर्च गराउनुभयो, केही समस्या नै थियो भने कम्तीमा हामीलाई सल्लाह दिनुपर्ने थियो उनले भने, तर उनकै लापरवाहीले यस्तो घटना भएको छ ।’,उनले भने । यता, मेसु डा. साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘ मिकोनियम’ भएर शिशुको मृत्यु भएको बताएका छन् । उनले भने,‘अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही भएको छैन । डिलेभरी भएसँगै ‘ मिकोनियम’ अर्थात बच्चाको दिशा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु भएको हो।’

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8&t=1s

Comment


Related News

Latest News

Trending News