टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यूनीकरण गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियान बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा चैत २५ गते देखि सञ्चालन हुने भएको छ ।
खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने छ । जीतपुरसिमरा उपमहानगरपालिकामा २५ गते देखि ३० गते सम्म चल्ने यो अभियानमा करिब ३३ हजार बालबालिकालाई टाईफाईडको खोप लगाउने योजना रहेको जनाईएको छ । नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन जीतपुर सिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख रबि भाष्करले आग्रह गरे । हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, चर्पिको सरसफाई गर्ने ,शुद्ध खानेपानीको सेवन गर्ने लगायतको कामलाई निरन्तरता दिन प्रमुख भाष्करले बताए । उ प म ह ा न ग र प ा िल क ा ल े स्वास्थ्यकर्मी र जनप्रनिधिको सहकार्यमा बिद्यालय केन्द्रित गरी यो अभियानलाई सफल बनाउने योजना राखेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई अभिभावकले नजिकैको विद्यालय वा स्वास्थ्य केन्द्रबाट यो सुविधा लिन सक्ने स्वास्थ्य प्रवर्धन शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिए । ज ी त प ु ु र िस म र ा उपमहानगरपालिकाको नगर प्रमुख डा.कृष्ण पौडेलले राज्यको स्कुल केन्द्रित अभियानलाई सफल पार्न सबैले आ–आफनो स्थानबाट लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले स्वास्थ्यकर्मीहरुलाई उपलब्ध भएको जनशक्तिको सदुपयोग गर्दै हरेक बालबालिकालाई टाईफाईडको खोप दिन निर्देशन दिए । अन्तरिक्रात्मक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरी ,बिभिन्न वडाका वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।मधेस प्रदेशको ८ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकाहरु रहेका छन् । मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ ।



