२०७८ चैत्र २४, बिहीबार १७:३५

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई बिभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिनुभयो ।

उहाले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरुलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो । त्यस्तै आयोगले आचारसंहितका कार्यान्वयनका लािग बिभिन्न दलबाट प्रतिवद्धता लिइएको बताउनुभयो ।

उहाले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राख्नुभयो । अर्यालले मतपत्र छपाईको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्नका लागि सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाले निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आउनेक्रम जारी रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News