धनुषाको हँसपुर नगरपालिका बेल्हीमा विश्व स्वास्थ्य दिवस–२०२२ मनाइएको छ ।
बिहीबार साइट नेपालको हाँलमा आयोजित वातावरण संरक्षण सम्बन्धी अभिमुखीकरणमा वक्ताहरुले वातावरण संरक्षणकालागि एक जुट हुनुपर्ने आवश्यकता रहेको बताएका थिए । वातावरणले हरेक सजीव प्राणीको रक्षा गरे पनि मानव प्राणीवाट वातावरणलाई हुने नोक्सानीले सवै सजीव प्राणीमा त्यसको असर पर्ने गरेका कारण वातावरणको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले बताएका थिए । सो अवसरमा आर्युर्वेद औषधालय सोनिगामालाई साइट नेपालले कम्प्युटर हस्तान्तरण गरेको थियो ।
त्यस्तै स्वास्थ्य चौकी कठपुल्ला र सुगा निकासमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको साइट नेपालका अध्यक्ष अमित साहले जानकारी दिए । सो अवसरमा राजकिशोर मण्डल, राम छविला यादव, श्रीप्रसाद यादव, ताहिर हुसेन, डा. जागेश्वर यादव लगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

