२०७८ चैत्र २५, शुक्रबार ०७:३९

स्थानीय तहको स्रोत परिचालन तथा राजस्व सुधार कार्य योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम बारा जिल्लाको निजगढमा सम्पन्न भएको छ ।

नेपाल सरकार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहको स्रोत परिचालन तथा राजस्व सुधारको विभिन्न आयाम र प्रक्रियाको विषयमा छलफल भएको थियो । जिल्ला समन्वय समिति बारा र निजगढ नगरपालिका कार्यालयको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले राजस्व संकलन र परिचालनको क्रममा आउने गरेको समस्याको बिषयमा छलफल गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा रौतहट जिल्लाका चन्द्रपुर नगरपालिका, सर्लाही जिल्लाका हरिवन र बागमती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा वक्ताहरुले राजस्वबारे जनचेतनामा अझै कमी रहेकोले समयमा कर चुक्ता गर्ने बानी पर्न नसकेकोले पनि समस्या हुने गरेको गुनासो पनि पोखेका थिए ।

Comment


Related News

Latest News

Trending News